नेपाली कांग्रेस स्याङजा – काठमाण्डौं सम्पर्क समाजद्धारा शुभकामना आदानप्रदान ।
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङजा — काठमाण्डौं सम्पर्क समाजले काठमाण्डौंमा आउदै गरेको विजयादशमी, दिपावली, छठ, नेपाल सम्बत लगायतका अवसर पारेर शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोैडेलले ब्यक्ति ब्यक्ति नसुध्रिएसम्म नेपाली कांग्रेस पार्टी राम्रो बन्न नसक्ने बताउनुभयो । नेपाली कांग्रेस एक जुट भएर अघि बढ्न नसके पार्टी र देश दुबैलाई क्षति पुग्ने बताउदै आ आफना गल्ती र कमजोरी सुधार्दै जानु पर्नेमा जोड दिदै नजिकिदै गरेका पर्वका शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत, के सदस्य धनराज गुरुङ, संबिधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, कार्यवाहक सभापति कुमार राना, नेपाल बिद्यार्थी संघका दिपेन्द्र क्षेत्री लगायतले मुलुकको शुसासन र दिगो बिकासका लागि नेपाली कांग्रेसको आवश्यकता भएको बताउदै सम्पूर्ण भातृ एवं मातृसंगठनबिचको एकता मजबूत बनाएर अघि बढ्नु पर्ने बताउदेै शुभकामना आदान प्रदान गनुृभएको थियो ।

नेपाल बेैदेशिक रोजगार महासंघको अधिवेशनबाट निर्वाचित स्याङजाका चार जना युवालाई सम्मान गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले द्धितिय उपाध्यक्ष कमलदेव मल्ल र तृतीय उपाध्यक्ष किशोर केसी, सदस्य द्धय लाई केशव न्यौपाने र सुरेन्द्र अर्याललाई सम्मान गर्नुभएको हो ।
नेपाली कांग्रेस स्याङजा काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष देवीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव टेकप्रसाद सुवेदी रामुले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


