स्याङुजा सदरमुकाममा सिसी क्यामेरा जडान गर्न नेपाल बैंकको सहयोग ।
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको अगुवाई र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला सदरमुकाममा सिसी क्यामेरा जडान गर्न नेपाल बैंक लि.ले सहयोग गरेको छ । बैंकले सिसी क्यामेरा जडान गर्न ९० हजार सहयोग गरेको छ ।
संघको अगुवाईमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाका मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान कार्य शुरु भएको छ । २० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारीमा लागेको संघले ५ स्थानमा क्यामेरा जडान गरिसकेको छ ।
“सिसी क्यामेरा जडान कार्यलाई तिव्रता दिएका छौं ।” संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले भन्नुभयो, “रकम संकलन कार्य र क्यामेरा जडान कार्यलाई एकसाथ अगाडि बढाएका छौं ।” उहाँका अनुसार मुक्तिनाथ विकास बैंकले ५० हजार र रेज मोटर्स ईसुजु पोखराले क्यामेरा जडानका लागि १ लाख सहयोग गरेका छन् ।
सिसी क्यामेरा चौकी बजार, सहिदचोक, बैंकरोड, अभियानपथ, ठाडोलाईन, घुम्ती, प्रगतीनगर, बाडखोला र पुतलीखेत क्षेत्रका बजारमा जडान गरिने संघले जनाएको छ । संघका अनुसार बजार क्षेत्रमा हुने दुर्घटना न्यूनिकरण गर्न र चोरी डकौटीलाई कम गर्न सिसी क्यामेरा सहयोगी हुनेछ ।
“बढि घटना बजार क्षेत्रमा हुने भएकाले संघसँग सहकार्य गरेर हामीले सिसी क्यामेरा जडानको प्रक्रियालाई अगाडी बढाएका छौं ।” जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भन्नुभयो, “केहि स्थानमा क्यामेरा जडान गरिएको छ, अब छिट्टै तोकिएका स्थानमा क्यामेरा जडान गछौं ।”
सदरमुकाम आसपासमा करिब २ महिना अधिदेखि सिसी क्यामेरा जडानको कार्य शुरु गरिएको हो । संघका अनुसार करिब एक महिनाको अवधिमा क्यामेरा जडान कार्य सक्ने योजना रहेको छ । बजार क्षेत्रमा सिसी क्यामेरा जडान हुने भएपछि स्थानीय व्यवसायीले सुरक्षाको अनुभूति गर्ने संघले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


