सदरमुकाम पुतलीबजारमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु ।
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित रानीथुम्कामा सोमबारदेखि प्रथम जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

खेल र खेलाडीको सम्मान, खेलवाटै गाउ चिनाउने अभियान भन्ने मुल नारा सहित बिजयादशमीको अवसर पारेर स्मृति युवा क्लवले प्रतियोगिता गरेको हो । संघीय सांसद नारायणप्रसाद मरासीनीले रेफ्रि द्धय इश्वर आले र सुरेश आलेलाई भलिवल हस्तारन्तरण गरेर उदघाटन गर्नुभएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै सांसद मरासीनीले खेलबाटै खेलाडीहरुको ब्यवासायिक रुपमा अघि बढीरहेको बताउदै आफनो पहिचानसंग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा मुलुक चिनाउन खेलाडीहरु सफल भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व जिविस सभापति रामबहादुर थापा, पुतलीबजार नगरपालिकाका १३ का अध्यक्ष एवं नगर प्रबक्ता ख्यामनारायण अधिकारी, नेकपा जिल्ला सदस्य इन्द्रबहादुर राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।
१८ गतेसम्म संचालित प्रतियोगितामा जिल्लाभरका १४ समूहको सहभागिता छ भने प्रथम हुने समूहले ३३ हजार ३ सय ३३ र द्धितिय हुने समूहले २३ हजार ३ सय २३ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


