सदरमुकाम पुतलीबजारमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु ।

भवानी अधिकारी/स्याङजा :

पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित रानीथुम्कामा सोमबारदेखि प्रथम जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

खेल र खेलाडीको सम्मान, खेलवाटै गाउ चिनाउने अभियान भन्ने मुल नारा सहित बिजयादशमीको अवसर पारेर स्मृति युवा क्लवले प्रतियोगिता गरेको हो । संघीय सांसद नारायणप्रसाद मरासीनीले रेफ्रि द्धय इश्वर आले र सुरेश आलेलाई भलिवल हस्तारन्तरण गरेर उदघाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद मरासीनीले खेलबाटै खेलाडीहरुको ब्यवासायिक रुपमा अघि बढीरहेको बताउदै आफनो पहिचानसंग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा मुलुक चिनाउन खेलाडीहरु सफल भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व जिविस सभापति रामबहादुर थापा, पुतलीबजार नगरपालिकाका १३ का अध्यक्ष एवं नगर प्रबक्ता ख्यामनारायण अधिकारी, नेकपा जिल्ला सदस्य इन्द्रबहादुर राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

१८ गतेसम्म संचालित प्रतियोगितामा जिल्लाभरका १४ समूहको सहभागिता छ भने प्रथम हुने समूहले ३३ हजार ३ सय ३३ र द्धितिय हुने समूहले २३ हजार ३ सय २३ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP