सनराईज बैंकद्धारा स्थापना दिबसका अवसरमा बिद्यालयलाई आर्थिक सहयोग ।
टिकाराम अधिकारी/स्याङ्जा
सनराईज बैंक लिमिटेड शाखा कार्यालय वालिङले आफ्नो स्थापनाको १२ औँ वार्षिकोत्सवको अवसर पारेर स्याङ्जा जिल्लाका विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सामाजिक सुरक्षा बापतको रकम विद्यालयका जेहेन्दार र गरिब विद्यार्थीहरुका लागि वितरण गरेको संस्थाका प्रबन्धक ध्रुब प्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, “ हामीले गरेको सानो सहयोगले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष सहयोग पुग्ने बिश्वास लिएका छौं ।” त्यस्तै कर्जा विभागका प्रमुख विवेक अर्यालले आफूहरु आर्थिक कारोबार मात्र नभई समाजका लागि पनि केही गर्नु पर्दछ भन्ने अभियान मार्फत अगाडि बढेको जानकारी दिनुभयो
बैंकले स्याङ्जाका खड्ककाली मावि,रामबाच्छा आधारभूत विद्यालय, भुम्रे माध्यमिक विद्यालय,बाल शिक्षा निकेतन स्कूल र टापु भञ्ज्याङ माध्यमिक विद्यालयलाई प्रति विद्यालय ५ हजारका दरले २५ हजार नगद प्रदान गरेको जनाएको छ ।

समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


