रोजगार दिने शिक्षा हुनु पर्छ : अधिकारी ।
भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले शिक्षा रोजगारी दिन सक्ने खालको हुनुपर्ने बताउनु भएको छ ।
४० औ शिक्षा दिवस एवं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार पुतलीबजार नगरपालिका १ स्याङ्जामा मन्तब्य राख्दै अधिकारीले अहिलेको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको बताउनुभयो । शिक्षा सबै ठाउँमा बिक्ने खालको हुनु पर्ने बताउदै अधिकारीले बिश्वमै बिक्ने शिक्षा प्रद्धतिको बिकासमा गण्डकी प्रदेश लागि परेको बताउनुभयो ।

शिक्षा सर्वसुलभ, जिवनउपयोगी हुनुपर्ने बताउदै अधिकारीले नेपालको शिक्षाको कारण परनिर्भर बन्नु परेको बताउनभयो । निशुल्क शिक्षा जनताको मौलिक अधिकार भएको बताउदै अधिकारीले अधिकारका कार्यान्वयनको लागि अदालत जानपाउने अधिकार रहेको बताउनुभयो । मौलिक अधिकारको खोजीमा अदालतमा पुगेका नागरिक नपाउने अवस्था भएमा सडकमा जानुपर्ने बाध्यता आउने र सबैको लागी दुखद हुने अधिकारीको भनाई थियो ।

सबै ठाउँमा तिन वटै तहको सरकारको समान जबाफदेहिता रहेको बताउदै अर्यालले संघियता सहकार्य र सहअस्तित्वमा रहेको बताउनुभयो । शिक्षाको १२ कक्षा सम्मको ब्वस्थापकिय जिम्म स्थानिय तह र अन्यको केन्द्रको रहेको बताउदै अधिकारीले शिक्षाको क्षेत्रमा काम गर्ने ठाउँ प्रदेशलाई नभएको बताउनुभयो । दुई किसीमको शिक्षाको अन्त्य गर्नुपर्ने बताउदै अधिकारी आउने समस्याको समाधानको जिम्मा सरकारले लिएर कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङ्, दिपक चर्तिमगर, नगर प्रमुख सीमा क्षेत्री, शिक्षा समन्वय इकाई प्रमुख गुरुदत्त पौडेल , नेकपाका विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता इन्द्र गोदार, नेपाल शिक्षक संघका नगर अध्यक्ष शिव तिमिल्सिना, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, शिक्षक यूनियनका उपाध्यक्ष बन्दना लम्साल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रवराज अधिकारी, प्याब्सनका वरिष्ठ उपाध्यक्ष धूवबन्धु पौडेल लगायतले प्राबिधिक शिक्षाको खाचो औल्याउनु भएको थियो ।
दिवसमा नगर भित्रका बिद्यालयहरुले बिभिन्न झाकी सहित नगरपरिक्रमा गरेका थिए भने सास्कृतिक कार्यक्रम गरिएको थियो । साथै, शिक्षा क्षेत्रमा योगदान पुरयाउने बिभिन्न शिक्षासेवीलाई सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


