वालिङबाट ‘सत्यवाणी खबर डटकम’ को शुभारम्भ ।

आँधीखोला खवर/वालिङ :
स्याङ्जाको वालिङबाट सत्यवाणी खबर डटकमको शुभारम्भ गरिएको छ । शुभयात्रा पब्लिकेशन प्रालिद्वारा सञ्चालित उक्त अनलाईनको शुक्रबार संविधान दिवसको अवसर पारेर वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले शुभारभ्म गर्नुभएको हो ।

अनलाईनको शुभारम्भ गर्दै नगर प्रमुख खाँणले सत्य, तथ्य, यथार्थपरक, खोजमूलक तथा अनुसन्धानमूलक लेख रचनाहरुलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

“सतही समाचारहरुभन्दा पनि नयाँ नयाँ खोजमूलक, अनुसन्धानमूलक लेख रचनाहरुप्रति पाठकहरुको रुचि हुने भएकाले पनि सञ्चार माध्यमहरुले यी र यस्तै विषयवस्तुलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “पाठकको भरपर्दो सञ्चार माध्यमकोरुपमा विकसित हुन सकोस् शुभकामना छ ।”

शुभारम्भ समारोहमा सत्यवाणी खबर डटकमका प्रधान सम्पादक लक्ष्मीप्रसाद रेग्मीले अनलाईनलाई बढी जनतामुखी र जवाफदेही तरिकाले अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

“विशेषगरी आवाजबिहीनहरुको आवाज मुखरित गर्ने माध्यमकोरुपमा यसलाई अगाडि बढाउने नीति हाम्रो छ” प्रधान सम्पादक रेग्मीले भन्नुभयो, “यसलाई अध्ययन गरी आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रियाहरु दिनुहुन पनि म यहाँहरु समक्ष अनुरोध गर्दछु ।”

यस अनालाईनलाई नीजि स्वार्थ पूर्तिका लागि प्रयोग हुन दिने छैनौं भने सामाजिक न्याय र सद्भावमा अनुकलन प्रभाव छाड्ने गरी समाचारहरु प्रकाशित गर्ने प्रधान सम्पादक रेग्मीको भनाई थियो ।

Facebook Comments Box
TOP