धार्मीक पर्यटकीय क्षेत्र छायाँक्षेत्रमा सरसफाई ।
आँधीखोला खबर/भीरकोट :
नेपाल युवा परिषद्ले नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गरेर पर्यटन दिवसको अवसरमा स्याङजाको भिरकोट नगरपालिकामा रहेको छायाक्षेत्र मन्दिर छाङछाङदीमा राष्ट्रिय स्तरको बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाई कार्यक्रम स्याङजा युथक्लब, मुक्तिनाथ बिकास बैंक, वालिङ जेसिस र बयरघारी पिस जोनको समन्वयमा आयोजना गरिएको हो ।

आउदै गरेको भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न छायाँक्षेत्र मन्दिरमा सरसफाई कार्यक्रम गरिएको युवा परिषद् नेपालकी प्रतिनिधि रक्षा शर्मा नेपालले जानकारी दिनुभयो । सरसफाई कार्याक्रममा स्थानीय आमा समुहहरु र युवा क्लब लगाएतको उपस्थीती रहेका थियो ।

सरसफाई कार्यक्रममा भिरकोट नगरपालिकाले कुचो, बाल्टीन र पन्जा सहयोग गरेको थियो भने मुक्तिनाथ विकास बैंकले र डिभिजन बन कार्यालय स्याङ्जाले फोहोर संकलन भाडा मन्दिर व्यस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
भिरकोट नगरपालिका ४ मा रहेका छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउने सोमबारहरु र महाशिवरात्रीमा पुजाआजा गरिनुको साथै मेला लाग्ने गर्दछ । स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ । छायाँक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र सितल बातावरणसँगै गाईको मुखजस्तै देखिने धाराबाट आउने पानी आकर्षणको केन्द्रबिन्दु मानिन्छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


