संविधान दिवस : भीरकोट वजारको सरसफाई र परिसंवाद गरियो ।

एशिव शरण महत/भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकाले वडा १ र २ मा रहेको वजार क्षेत्र सरसफाई तथा परिसंवाद कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।
विहान सवेरै हातमा पञ्जा र मुखमा माक्स लगाएर जनप्रतिनिधि,कर्मचारी,राजनितिक दल,प्रशासन, उद्योगी,टोल विकास संस्था पत्रकार लगाएत स्थानीय वासी हरु सरसफाई कार्यक्रममा राष्ट्रिय झण्डा सहित सहभागि भएका थिए ।
सरसफाई सकेपछि सवै सहभागीहरु संविधान सम्वन्धी परिसंवाद कार्यक्रममा सहभागी भएका थिए ।


परिसंवाद कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछी सवै वर्गको उत्थान भएको र सवै वर्गलाइ समेटेको भन्दै सवैधानिक अधिकार प्राप्तीको लागी सवै अग्रसर हुनुपर्ने वताउनुभयो ।
नगर प्रमुख खनालले सवै नगरवासीले नगर स्वच्छ र सफा राखी सभ्य नगरवासीको पहिचान दिन आग्रह गर्नुभयो । उहाँले अवको केही दिनमा अन्य पालीकाका जनप्रतिनिधि र जनता भीरकोटको विकास र प्रगती हेर्न ओइरो लाग्ने खालका योजना सफल हुदै गएको भन्दै देशकै नमूना नगरपालिका वन्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य, कांग्रेस भीरकोटका सभापती तोयनाथ अर्याल र भीरकोट उवासंघका अध्यक्ष भक्त वहादुर क्षेत्रीले नगरपालिकाले छोटो समयमा नै अत्यन्तै उल्लेखनिय कार्य र हरेक राष्ट्रिय पर्वहरु मनाउने गरेकोमा खुसी व्यक्त गरेका थिए ।
नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न परिसंवाद कार्यक्रमको स्वागत नगर उप प्रमुख सिमा केसी कर्माचार्यले र संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP