संविधान दिवशको अवसरमा स्याङ्जाको गल्याङ बजार सरसफाई ।

आँधीखोला खवर/गल्याङ :
संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा स्याङ्जाको गल्याङबजार सरसफाई गरिएको छ । संविधान दिवश मुल समारोह समिति गल्याङ नगरपालिका स्याङ्जाको आह्वानमा सरसफाई कार्यक्रम गरिएको हो । गल्याङबजारको मेन रोड तथा मुख्य बजारमा सरसफाई गरिएको छ । सरसफाईमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराई, नगरपालिकाका सामाजिक शाखाका प्रमुख अधिकृत थानापती न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य पुण्य भूसाल सहित विभिन्न दलका नेताहरु एवम् स्थानीय बजारबासीको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संविधानको कार्यान्वयन र पालनामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लामो संघर्षपछि प्राप्त भएको संविधान कार्यन्वयन हुन सकेमा सही रुपमा लोकतन्त्रको रक्षा हुने बताउनुभयो ।
तीन दिनसम्म मनाउन लागिएको संविधान दिवशका अवसरमा भोलि गल्याङबजारमा प्रभातफेरी र समारोह हुने भएको छ ।

विहान ११ बजे गल्याङबजारको भानुभक्त आचार्य माध्यमिक विद्यालयबाट सुरु हुने प्रभातफेरी लेमभित्तामा रहेको मगर भवनमा पुगेर समारोहमा परिणत हुनेछ । समारोहमा सहभागी हुन मुल समारोह समितिले सबैलाई आह्वान गरेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…