संबिधानसभा दिवसको अवसरमा पुतलीबजार नगर सफाई ।

भवानी अधिकारी/स्याङ्जा :
संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा पुतलीबजार नगरपालिका १ स्थित मुख्य बजार सरसफाई गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा बिहीवार विहान सरसफाई गरिएको हो ।


सरसफाईमा बजारको मुख्य बजार, चोक लगायत सडक नाली समेत सरसफाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सुरु भएको सरसफाईमा ठाडो लाईन, अभियानपथ, चौकी, वीपी चोक, हुलाक मार्ग, सहिद चोक, बैंक रोड हुदै प्रगतीनगर र शिक्षा कार्यालय चोकसम्म गरिएको थियो ।
सरसफाईमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, नगर प्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, प्रहरी उपरीक्षक राजकुमार लम्साल लगायत वडा अध्यक्षहरु, नागरिक समाजका अगुवा, कर्मचारी लगायत स्थानीयबासीको उल्लेख्य सहभागिता थियो ।
यर्सैवीच, असोज ३ गते शुक्रवार विहान ८ बजे प्रशासन कार्यालयबाट प्रभातफेरी सुरु हुने र सीटी हलमा संबिधानसभा दिवस सम्बन्धी कार्यक्रम गरिने मुल समारोह समितिले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP