संविधान दिवसका अवसरमा वालिङमा प्रभातफेरी सहित विविध कार्यक्रम (फोटो फिचर तथा भिडियो )।


आँधीखोला खवर/वालिङ :
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा वालिङ नगरपालिकामा विभिन्न कार्यक्रम गरिएको छ । विहान गरिएको प्रभातफेरीमा बाजागाजा सहित विभिन्न झाँकी तथा ¥यालीले वालिङ नगर परिक्रमा गरेको थियो । कृषि, उद्योग, व्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पुर्वाधार स्मार्ट सिटि वालिङ निर्माणको आधार भन्ने नाराका साथ वालिङ नगरपालिकाले विभिन्न संघ संस्थाको सहकार्यमा गरेको हो ।
साँझ वालिङ जेसिजको संयोजनमा दीप प्रज्वलन गरिएको थियो भने पदम राज गुरुङको संयोजनमा विशेष साँगितिक कार्यक्रम गरिएको थियो ।


प्रभातफेरीको समापन गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले जनताको लामो संर्घष, बलिदानी र त्यागले बनेको संविधानको पुर्ण कार्यान्वयन गरी जनताको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । साथै प्रमुख खांणले संविधानमा कसैको चित्त नवुझे समय अनुशार परिवर्तन हुने तर अहिले मान्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।


कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वालिङको समृद्धिका लागी सबै जनता र जनप्रतिनिधि जनताको सेवक भएकाले सबैको साझा जनप्रतिनिधि रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, नेकपा नगर अध्यक्ष राजेन्द्र डुम्रे, कागे्रसका नगरसचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ क्याम्पस प्रमुख सचितानन्द यादवलगायतले बोन्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक शाखा अधिकृत पदमपानी पाण्डेले गर्नुभएको थियो ।
प्रभातफेरीमा मगरसमाज, तमु समाज, नेवा समाज, क्षेत्री समाज,ब्राह्मण समाज लगायतले जातिय झाँकी, वालिङ स्थित बंैक तथा वित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारसहित स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

फोटो फिचर तथा भिडियो : तस्वीरहरु नगरपालिकाको फेसबुक पेजबाट पनि लिईएको छ ।

Facebook Comments Box
TOP