रेडक्रसको स्थापना दिवसमा फलफूल बितरण ।

भवानी अधिकारी/स्याङ्जा :
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले बिहीवार स्थापना दिवसको अवसर पारेर अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ ।
माया भन्ने नाराका साथ रेडक्रसले ५७ औं स्थापना दिवस मनाएको स्याङ्जा शाखाले जिल्ला अस्पताल स्याङ्जामा भर्ना भएका बिरामीलाई बिभिन्न प्रकारका फलफूल बितरण गरेको जनाएको छ ।


फलफूल बितरण कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाका सभापति भुवनबहादुर पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसका मन्त्री दिनेश अर्याल, लगायतले रेडक्रसका गतिबिधीका बारेमा जानकारी गराउदै स्वार्थरहित सेवा नै रेडक्रसकर्मीको कर्तब्य र दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP