गतिशिलको रमाईलो तिज मेला वालिङमा (भिडियो सहित )
आँधीखोला खवर/वालिङ :
गतिशिल रमाईलो तिज मेला वालिङमा सम्पन्न भएको छ । वालिङमा रहेको गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको रमाईलो मेलामा विभिन्न शैलीका नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो ।

मेलाको शुभारम्भ गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले तिजको ऐतिहासिक पक्षलाई कायम राख्नु पर्नेमा जोड दिनुभयो । तिज सवै हिन्दुधर्मालम्वीहरुको साझा पर्व भएको भन्दै उपप्रमुख तिवारीले यसको मौलिकता कायम राख्न सवैलाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष कविता तिवारीले महिलाहरुको अग्रसरतामा खोलिएको सहकारीले महिला लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो । उहाँले महिलाहरुको अगुवाईमा नै गार्मेन्ट उद्योग स्थापना गरिएको बताउनु भयो । अध्यक्ष गैह्रेले संस्थाले छिट्टै खाद्यान्न उद्योग स्थापना गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसकी पूर्व प्रमुख रिना रानाले तिजलाई आधाुनिक भड्किलो शैलीबाट जोगाउनु पर्ने बताउनु भयो ।
गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्णकला वोस्ती र सञ्चालन सचिव इन्दिरा गैह्रे अधिकारीले गर्नु भएको थियो ।
हेर्नुहोस् कार्यक्रमको केही झलक भिडियोमा :
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


