रेडियो स्याङ्जा संचालनकोे एक दशकमै टेलिभिजनको पनि प्रशारण शुरु ।

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १ मा स्थापित लक्ष्मी स्मृती पुस्तकालयले रेडियो स्थापनाको दिन पारेर टेलिभिजनको पनि उदघाटन गर्ने भएको छ । भदौ २३ गते सोमबार विहान ११ बजे स्याङजा सदरमुकाम स्थित सिटीहलमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले टेलिभिजनको उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
पुस्तकालयले आफनै भवनमा रेडियो समेत टेलिभिजन संचालनको अनुमति पाएको छ । यही असार १६ गते संचार तथा प्रशारण विभागवाट दैनिक २४ घण्टा प्रशारण गर्न पाउनेगरी अनुमति इजाजत पाएको हो । भवनको दोश्रो तलामा टेलिभिजन संचालन गर्नेगरी आधुनिक स्टुडियो सहित आवश्यक उपकरण सामाग्री जडान गरिसकेको छ । परिक्षण प्रशारण सुरु गरिसकेको स्याङजा टेलिभिनले उदघाटन भएपछि आफना नियमित कार्यक्रम प्रशारणका लागि तयारीमा जुट्ने संचालक समितिका अध्यक्ष अनन्तराज मरासीनीले जानकारी दिनुभयो ।


वि.सं. २०४० सालमा स्याङजा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति पुस्तकालयले २०६६ भदौ २३ गते सामुदायिक रेडियोको उदघाटन गरेको थियो । स्थानीय स्तरमै स्थानीय रेडियो संचालन गर्न पाईने नीति बनेपछि स्याङजा सदरमुकाममा पनि सामुदायिक रेडियोको स्थापना गरिएको हो । रेडियो संचालनको एक दशक पुरा भएपछि टेलिभिजन संचालन गर्नु सुखद पक्ष रहेको र नागरिकलाई सबैतर्फका सूचनाबाट सूसूचित गराउनु संचार संस्थाको दायित्व रहेको पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले वताउनुभयो ।
तत्कालिन पुस्तकालय संचालन समितीका पदाधिकारी जसले सूचना नागरिकको आवश्यकता महसुस गरी यहाँका झण्डै ५ सय जना समाजसेवीको साझा संकल्पले पुस्तकालयको आजीवन सदस्य तथा शेयर सदस्य बनेर सामुदायिक रेडियो स्याङजा एफ.एम. ८९ दशमलब ६ मेगाहर्ज संचालनमा ल्याइएको हो । जताततै स्थानीय रेडियोले आफना स्थानीय आवाज बुलन्द गरेर नागरिकलाई सूसूचित गरेका बेला स्याङजा सदरमुकाममा पनि त्यसको आवश्यकता महसुसगरी स्थानीय रेडियोको स्थापना गरिएको तत्कालिन समितिका सचिव एवं पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।
पुरानो एवं सानो कोठामा सिमित पुस्तकालय भवन सुबिधासम्पन्न बनाई रेडियो र टेलिभिजन संचालन गर्नु सानो आट र सासहले पुग्दैनथ्यो । त्यती बेला आफना आट , साहस र क्षमतालाई भरपुर सदुपयोग गर्दे बिभिन्न दातृसंस्था, सरकारी निकाय, राजनीतिक दलका नेताहरुको सकारात्मक सहयोगका कारण पुस्तकालयले आफनै भवनमा संचार प्रतिष्ठानको समेत परिकल्पना गरेको पुस्तकालय एवं स्याङजा एफ एम संचालक समितिका अध्यक्ष अनन्तराज मरासीनीले बताउनुभयो । अव पुस्तकालय अनलाईन र पत्रिका प्रकाशनमा जुट्ने भएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका सचिव धु्रवबन्धु पौडेलले समयको गति र मागसंगै सरकारी, गैरसरकारी, संघ, संस्था, ब्यक्तिगत तथा सामुदायका सेवा र गतिबिधिलाई सार्वजनिक गर्नका लागि सुन्ने मात्र नभई प्रत्यक्ष अवलोकन गर्न टेलिभिजनको आवश्यकता महसुस गरि टेलिभिजन स्थापना गर्न अत्यावश्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा स्टेशन प्रवन्धक रमेश गोदारले परिक्षणका रुपमा रेहो टेलिभिजनले हाल १८ घण्टा प्रशारण गरिरहेको बताउनुभयो । दिर्घकालिन उपयोग सहित टेलिभिजन संचालनमा हाल झण्डै ७५ लाख खर्चे भएको र बिभिन्न स्थानीय तहबाट २५ लाख सहयोग भएको जानकारी दिनुभयो ।
स्याङ्जा सदरमुकामको एकमात्र रेडियो सामुदायिक रेडियो स्याङ्जा एफ.एम भोलीबाट एघारौं बर्षमा प्रवेश गर्नेभएको छ । एक हजार वाट क्षमता रहेको रेडियो स्याङ्जा रेडियो दैनिक १७ घण्टा प्रसारण भैरहेको छ । रेडियो स्याङ्जा एफ.एमले समसामयिक राष्ट्रिय तथा स्थानीय तथा प्रादेशिक समाचारलाई प्राथमिकता दिदै सुचना, गीत संगित र सन्देश तथा जानकारीमूलक विभिन्न कार्यक्रमहरु प्रसारण गर्दे आएको छ । तत्कालिन जिल्ला बिकाससमिति, रिड नेपाल, पुतलीबजार नगर पालिका, गाविसहरु र झण्डै ५ सय जना जना शेयर सदस्यहरुको साझा सहयोग र दृढ संकल्पबाट रेडियो संचालनमा रहेको संस्थाका निर्वतमान अध्यक्ष हेमराज अर्यालले भन्नुभयो ।

Facebook Comments Box
TOP