सत्यतामा नै न्याय प्राप्ति हुन्छ : न्यायधीश पौडेल ।
भवानी अधिकारी/स्याङ्जा :
जिल्ला न्यायधीश रमानाथ पौडेलले वादविवादलाई दिगोरुपमा समाधान गर्न र पिडितलाई न्याय दिलाउनु पर्ने बताउनुभएको छ । सत्य सबैको प्रिय हुने र सत्यतामा नै न्याय प्राप्ति हुने हुदा न्यायको पक्षमा वकालत गर्नु पर्ने उहाको सुझाव छ ।

पुतलीबजार नगरपालिकामा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै न्यायधीश पौडेलले देवानी प्रकृतीका मुद्धालाई आफनै तहमा मिलापत्र गर्न गराउन सकेमा धेरै विवादहरु अदालतसम्म पुग्न नपर्ने र विवादका पक्षलाई छिटो छरितो न्याय प्राप्त हुने उहाको भनाई थियो । सामाजिक र पारिवारिक विवादलाई निरुपण गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताउदै कानूनले बन्देज लगाएका बिषयमा सहभागी हुन नहुनेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख एवं न्यायिक समितिका संयोजक महेश पुरी, मेलमिलाप परिषद सदस्य एवं प्रशिक्षक शोभा बस्नेत, प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्ल, सहभागी बालकृष्ण भण्डारी र गीता आचार्य लगायतले शुभकामना सहित तालिमका सीप र अनुभवलाई ब्यवहारमा देखाई परिवार र समाजका विवाद समाधानमा जुट्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासकिय अधिकृत कपिल गिरीले गर्नुभएको थियो । तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाबाट २८ जनाको सहभागिता थियो ।
तालिममा मेलमिलाप परिषद सदस्य शोभा बस्नेत, जिल्ला न्यायधीश रमानाथ पौडेल, श्रेस्तेदार नन्दप्रसाद आचार्य, प्रशासकिय अधिकृत कपिल गिरीले प्रशिक्षण दिनुभएको थियो ।
विवादको साटो मेलमिलापको बाटो भन्ने मुल नाराका साथ पुतलीबजार नगरपालिकामा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम बिहीवार सम्पन्न भएको हो । पतलीबजार नगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालको संयुक्त आयोजनामा नगरभित्रै मेलमिलापकर्ता उत्पादनगर्ने उदेश्य सहित तालिम संचालन गरिएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


