पुतलीबजारमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु ।
भवानी अधिकारी/स्याङजा :
विवादको साटो मेलमिलापको बाटो भन्ने मुल नाराका साथ पुतलीबजार नगरपालिकामा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सुरु भएको छ ।
पतलीबजार नगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालको संयुक्त आयोजनामा नगरभित्रै मेलमिलापकर्ता उत्पादनगर्ने उदेश्य सहित तालिम सुरु गरिएको हो ।

तालिमको उदघाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासीनीले वादविवादलाई आफनै तहमा समाधान गर्न सकिनेगरी र दुबै पक्षलाई जीत जीतको महसुस हुनेगरी विवाद टुंग्याईने यस्ता खालका तालिमले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । सांसद मरासीनीले तालिमले घरभित्रका विवादलाई घरभित्रै समाधान गर्न यस्ता तालिम बहुउपयोगी हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, मेलमिलाप परिषद सदस्य एवं प्रशिक्षक शोभा बस्नेत, स्याङजा जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्य, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै संबिधान बमोजिम सबै पालिकामा न्यायिक समिति गठन गरी स्थानीय तहका मेलमिलापकर्ताले समस्या समाधानका उपाय अपनाउनु पर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख महेश पुरीले स्वागत एवं प्रशासकिय अधिकृत कपिल गिरीले संचालन गर्नुभएको थियो । तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाबाट २८ जनाको सहभागिता छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


