पुतलीबजार नगरपालिकामा पनि मनाईयो संविधान दिवस ।
भवानी अधिकारी/स्याङ्जा :
संविधान दिबस स्याङ्जा लगायत नेपालभर बिबिध कार्यक्रम गरी मनाइएको छ । स्याङजाका ११ वटै तहमा बिबिध कार्यक्रमगरी बाजागाजा सहित राष्ट्रिय झण्डा बोकेर संविधान दिवस मनाइएको हो । ४ बर्षअघि असोज ३ गते जारी भएको दिन पारेर संविधान दिवस मनाउन थालिएको हो । सात दशक लामो चाहना पश्चात २०७२ असोज ३ गते संविधानले मूर्तरुप पाएको थियो ।

यसैगरी, स्याङजा सदरमुकाममा आयोजित संबिधान दिवसमा बोल्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले जनताद्धारा जनताका लागि निर्मित संबिधान कुनै पनि प्रतिगामी तत्वले च्यात्न नसक्ने बताउदै संसारकै उत्कृष्ठ संबिधानको रक्षाका लागि सबैजना एक हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, नेकपाका अध्यक्ष सुर्य गैहे पारस, नेपाली कांग्रेस महासमिति सदस्य तुलसी गिरी, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जारी संबिधानको कार्यान्वयनको पक्षलाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । संबिधान दिवस मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख दिलीपकुमार बगालेले स्वागत एवं प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले संचालन गर्नुभएको थियो ।
बाजागाजा सहितको रयालीले वडा नं. १ स्थित मुख्य बजार परिक्रममा गरेर सिटीहलमा आएको कार्यक्रम गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


