सरस्वती माविमा १२ औ राष्ट्रिय पुस्तकालय दिवस मनाइयो ।
आँधीखोला खवर/वालिङ :
“पठन संस्कृतिको पुर्वाधार,पुस्तकालयको विकास विस्तार” भन्ने मूल नाराका साथ वालिङ् नगरपालिका वडा नं १३ को सरस्वती मा वि मा राष्ट्रिय पुस्तकालय दिवस २०७६ मनाइएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक यामबहादुर कुंवरले हजार जना खराब साथी भन्दा एउटा राम्रो पुस्तक ठिक हुने बताउनुभयो । उहाँले मानिसलाई सत्मार्ग लैजान पुस्तक महत्तवपूर्ण हतियार भएको धारणा राख्नुभयो । विद्यालयले आगामी दिनमा अभिभावकलाई समेत लक्षित गरि पुस्तकालय र पुस्तकालय विकासका लागि पुस्तकालय कोषको वृद्धि गरिने जानकारीभयो । विद्यालयका सहायक प्रधानध्यापक कमलकान्त पौडेलको स्वागत मन्तव्य संगै सुरू भएको कार्यक्रममा ६ जना शिक्षकले तालिममा सिकेको अनुभव प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक दयाराम डुम्रे ले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


