प्रगतिशील लेखक संघ स्याङ्जाको प्रवचन कार्यक्रम
प्रगतिशील लेखक संघ स्याङ्जाले समृद्ध नेपालको अभियानमा प्रगतिशील लेखकको भुमिका विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
लेखक संघको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष लोक बहादुर थापाले मुलुकको समृद्धिमा लेखकहरूको महत्त्वपूर्ण भूमिका रहने, मुलुकको संस्कृति, पर्यटन, भविष्य लगायतका हरेक विषयमा प्रगतिशील लेखकहरूको क्रियाशिल लेखिने र प्रकाशनले देशलाई गति दिने बताए ।

कार्यक्रममा लेखक सूर्य डुम्रे, कवि सुरज उपाध्याय, चुडामणि पौडेल, संगिता सारथि, लिल बहादुर कुवर, पुतलीबजार नगरपालिकाका जन प्रतिनिधि तेज प्रसाद शर्मा,नेपाल कम्युनिस्ट पार्टी नेकपा का नगरसदस्य भरत मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ, नेकपाका नेता रामचन्द्र भट्टराई,सहकारी कर्मी अमृत नेपाली लगाएतले आफनो भनाई राखेका थिए ।
प्रलेस स्याङ्जाका अध्यक्ष देवेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अन्नतकुमार श्रेष्ठ र स्वागत उपाध्यक्ष चिन्तु गिरीले गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


