प्रगतिशील लेखक संघ स्याङ्जाको प्रवचन कार्यक्रम

प्रगतिशील लेखक संघ स्याङ्जाले समृद्ध नेपालको अभियानमा प्रगतिशील लेखकको भुमिका विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
लेखक संघको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष लोक बहादुर थापाले मुलुकको समृद्धिमा लेखकहरूको महत्त्वपूर्ण भूमिका रहने, मुलुकको संस्कृति, पर्यटन, भविष्य लगायतका हरेक विषयमा प्रगतिशील लेखकहरूको क्रियाशिल लेखिने र प्रकाशनले देशलाई गति दिने बताए ।


कार्यक्रममा लेखक सूर्य डुम्रे, कवि सुरज उपाध्याय, चुडामणि पौडेल, संगिता सारथि, लिल बहादुर कुवर, पुतलीबजार नगरपालिकाका जन प्रतिनिधि तेज प्रसाद शर्मा,नेपाल कम्युनिस्ट पार्टी नेकपा का नगरसदस्य भरत मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ, नेकपाका नेता रामचन्द्र भट्टराई,सहकारी कर्मी अमृत नेपाली लगाएतले आफनो भनाई राखेका थिए ।
प्रलेस स्याङ्जाका अध्यक्ष देवेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अन्नतकुमार श्रेष्ठ र स्वागत उपाध्यक्ष चिन्तु गिरीले गरेका थिए ।

Facebook Comments Box
TOP