जिल्ला मै पहिलो पटक दौरा सुरुवाल, चौवन्दी,चोला सिलाउने तालिम ।
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा एक हप्ते दौरा सुरुवाल, चौवन्दी चोला सिलाई तालिम गरिएको छ ।
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ स्याङ्जाको आयोजना सिलाई सम्बन्धी तालिमको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले सबैका पेशा र ब्यवसायलाई राज्यले समान सम्मान गर्नुपर्ने बताउनुभयो । उहाले परम्परागत ज्ञान, सीप र प्रबिधिको उच्चत्तम प्रयोग आर्थिक सम्मृद्धीमा जुट्न सहभागिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख सीमा क्षेत्री, गण्डकी प्रदेश संयोजक किसानसेवा परियार, सिटीभीटी लेवल ३ का प्रशिक्षक द्धय मिलन नेपाली र जुमबहादुर परियार, रेडियो स्याङजाका स्टेशन प्रवन्धक रमेश गोदार, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सिलाई ब्यवसायी संघका सल्लाहकार अमृत नेपाली, सुनचादी ब्यवसायी संघका अध्यक्ष पूर्णबहादुर विक, प्रशिक्षार्थीहरु जीवन परियार, सुनिता परियार सापकोटा, भिमा सुनाम लगायतले समयानुकुल प्रशिक्षण आवश्यक पर्नेमा जोड दिदै तालिममा उपलब्ध सीप र क्षमतालाई निरन्तरता दिई आर्थिकोपार्जन गर्नतर्फ लाग्न सहभागीलाई सुझाव दिनुभयो ।
नेपाल कपडा तथा सिलाई ब्यवासायी संघका अध्यक्ष रामचन्द्र परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण सुनामले गर्नुभएको थियो । तालिममा नगरभित्रका महिला तथा पुरुषगरी ५२ जनाको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


