दोस्रो पित्लेक बडा दशै कृषि तथा पर्यटन मेला २०७६ को तयारी पुरा ।

तिलक गुरुङ/वालिङ :
“कृषि र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक पाडेथोक आरुपाटाको आयोजनामा गर्न लागिएको दोस्रो पित्लेक बडा दसै कृषि तथा पर्यटन मेला २०७६ को तयारी पुरा भएको छ ।

स्थानिय उत्पादनहरुको प्रवर्दन लोपउन्मुख सस्कृती तथा परम्पराहरुको संरक्षण तथा जगेर्ना गर्ने तथा यस क्षेत्रमा संचालित पर्यटन सामुदायिक होम स्टे कृषि पर्यटन प्रवर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले बडा दशैको अवसरमा कार्यक्रम गर्न लागिएको हो । असोज १४ देखि १९ गते सम्म हुने दोस्रो मेलाको तयारी पुरा भएको अध्यक्ष जीवन काजी गुरुङ्ले जानकारी गराउनु भया । े
कार्यक्रममा रु ४ लाख ४५ हजार र आम्दानी गरि ३ लाख दश हजार खर्च गरि १ लाख ३५ हजार नाफा गर्ने मेलाको लक्ष्य रहेको छ । बचत भएको रकम कार्य तथा सामजिक बिकासमा खर्च गरिने अध्यक्ष जीवन काजी गुरुङ्ले जानकारी दिनु भएको छ ।
कार्यक्रममा वडा सदस्य महेश गुरुङ , पुर्व गा बि स उपध्यक्ष पुर्ण बहादुर गुरुङ, रा प्र पा नगर अध्यक्ष दोरण बहादुर गुरुङ भु पु सैनिक अंग्रेजी आवासिय बिद्यालय वालिङ का सहायक प्रिन्सीपल तारा बहादुर गुरुङ (सम्शेर) क्लवका पूर्ब अध्यक्ष भुपेन गुरुङ, तमु सुधार समिती का अध्यक्ष टेक बहादुर गुरुङ तमु कालिका आमा समुहका अध्यक्ष ज्ञानसरी गुरुङ, मन्डली मगर आमा समुहका अध्यक्ष टुक माया थापा लगाएतले मन्तव्य राख्नु भएको थियो
पित्लेक तमु समाज भवनमा भएको कार्यक्रम सचिव दिपक गुरुङ ले संचालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…