फेदीखोला-भीर छिचोल्दै सडक ।

प्रतीक्षा काफ्ले :
हेर्दै डर लाग्ने भीर । पैदल मार्ग पनि बनाउन नसकिनेजस्तो । त्यसैले त भीर खनेर मोटरबाटो लैजाने स्थानीयलाई आँट आएन । जिल्लास्तरीय नेताले पनि संभव देखेनन । मोटरबाटो नआउनेजस्तो भएपछि स्थानीय बसाई सर्न थाले । गाउँ रित्तिदै गयो । विरामी हुदाँ, सरसामान किन्नुपर्दा वा अन्य कामको लागी हिडेर बजार झर्नुपर्ने अवस्था रहेको स्थानीय रामचन्द्र पौडेल बताउँछन् । भन्छन, ‘महिला केटाकेटी मात्र होइन हामी छोरा मान्छे स्वंम हिड्दा पनि डर लाग्थ्यो ।’
स्याङ्जाको फेदीखोला गाउँपालिकाले गलेम भीर हुँदै मोटरेबाटो लैजाने निर्णय गर्यो । सुरुमा त गाउँलेले पत्याएनन । सर्केटारी–गलेम–पञ्चासे सडकखण्ड विस्तार गर्ने योजनाअनुरुप बहुबर्षिय योजनाअन्तर्गत डीपीआर बनाएर निर्माणको कार्य अगाडि बढ्यो । यही डरलाग्ने भीर हुदै बुधवारदेखि गाडी गुड्न थालेपछि भने स्थानीय दंग परेका छन ।
पौडेलले भीरको बाटो यसरी गाडी चल्छन् भनेर सपनामासमेत नसोचेको बताउँछन । भन्छन, ‘इच्छाशक्ती भएपछि भीरपहरामा पनि जीप गुड्दा रैछन ।’ उनीलगायत सबै गाउँले सडकका कारण खुशी छन । सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्ले उद्घाटन गरे । ७ किलोमिटर लम्बाईको सडकमा भीरमात्रै एक किलोमिटर थियो ।
पर्यटकीय तथा कृषिमा सम्भावना बोकेको भए पनि गाउँमा सुविधाजनक गोरेटो बाटोसमेत नहुँदा आफू लगायत कर्यौ घरधुरी अन्यत्रै बसाँईसराँई गर्नुपरेको उनको भनाई छ । ६० वर्षका यामबहादुर गुरुङ भन्छन्, ‘अति विकट गलेममा सडक पुर्याउने भन्दै बजेट विनियोजन भए पनि सदुपयोग भएको थिएन ।
अहिले भने सडक बनेर गाडी पनि गुड्दा निकै खुशी लागेको छ ।’ सोच्नै नसक्ने गरि घरदैलोमा जीप आइपुग्दा नौलो अनुभव भएको उनले बताए । यति छिटो सडक सडक बन्ने भन्ने नसोचेंका उनले अहिले भने अन्धकारबाट उज्यालो युगमा आए जस्तो महसुश भएको जनाए ।
गाईबाख्रा चराउन जाँदा दिउँसै डराउनु पर्ने अवस्थाको भिरमा गाडी गुडेको देख्दा ७७ वर्षकी हिमादेवी पाध्या पौ डेलले विकासको अनुभुति गरिन । ‘गाउँबाटै मोटर चढ्ने योजना यो उमेरमा आएर पुरा भयो’ उनले भनिन । सर्केटारी–गलेम–पञ्चासे सडकका लागि १ करोड ६८ लाख रुपैयाँ बिनियोजित भएकोमा १ कर ो ड २७ लाख खर्च भएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
योजनामा संघीय सांसद नारायण मरासिनीको सांसद क्षे त्र विकास कोषअर्न्तगत ४० लाख, गण्डकी प्रदेशबाट ६२ लाख र फेदीखो ला गाउँपालिकाले २५ लाख रुपैया बजेट विनियोजन भएको थियो । सडक उपभोक्ता समितिका अध्यक्ष मेजर डिलबहादुर गुरुङ्ले स्थानीयको चासो र सहयोग, गाउँपालिकाको सक्रियता र पहलका कारण दुर्गमलाई सुगममा परिणत गर्न सफल भएको बताए ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…