प्रविधीमैत्री शैक्षिक नाराले घन्कियो फेदीखोला ।

आँधीखोला खवर/फेदीखोला :
‘फेदीखोला गाँउपालिकाको इच्छा, आइसैटीमैत्री शिक्षा’, ‘सिक्ने, टिक्ने र बिक्ने शिक्षाको विकास गरौं’, ‘कुरितीलाई बहिष्कार, शिक्षा हाम्रो अधिकार’ जस्ता नारा घन्किदा लाग्थ्यो फेदीखोलामा परिवर्तन आईरहेको छ । ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीमा सवलीकरण’ भन्ने मुख्य नारासहित शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने क्रममा गाँउपालिकाका विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले नारा मात्रै लगाएनन् सरोकारवालाहरुलाई सचेत समेत गराए ।


कार्यक्रममा बोल्दै संघिय साँसद नारायणप्रसाद मरासिनीले शैक्षिक क्षेत्रमा नीजि र सामुदायिक क्षेत्रको उल्लेखनिय योगदान रहेको बताउनु भयो । उहाँले शैक्षिक गुणस्तर नउकासिएसम्म शैक्षिक प्रगतिलाई अब्बल मान्न नसकिने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट लिटल फ्लावर बोर्डिङका पुष्प बराल, सामुदायिक विद्यालयको तर्फबाट दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदीले आजको आवश्यकता गुणस्तरीय शिक्षा रहेको बताउँदै शिक्षालाई जीवनपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरि आधारभुत विद्यालय व्यवस्थापन समितितर्फबाट राम्चेदेवी विद्यालयका अध्यक्ष डिलबहादुर मिजार, माध्यमिक विद्यालयतर्फबाट सिद्धार्थ माध्यमिक विद्यालयका अध्यक्ष चित्रबहादुर कार्की, सिद्धार्थ बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रकाश गौतमले गाउँपालिकाले शैक्षिक सुधारमा थालेका अभ्यासको प्रशंसा गरेका थिए ।


त्यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष जमुना काफले चापागाई, राजनीतिक प्रतिनीधिको तर्फबाट नेपाली काँग्रेसका तारापती सुवेदी, नेकपा फेदीखोलाका अध्यक्ष खड्गबहादुर रानाभाटले आ—आफ्नो मन्तव्य प्रकट गरेका थिए ।
कार्यक्रममा रयाली प्रर्दशनतर्फ दामगाडे मावि प्रथम, चण्डीडाँडा मावि दोस्रो तथा मैदान मावि तृतीय भएका थिए । त्यसैगरि साँस्कृतिक कार्यक्रम चण्डीडाँडा मावि प्रथम, मैदान मावि दोस्रो र दामगाडे मावि तृतीय, भएको थियो भने जनप्रिय माविले सान्त्वना स्थान प्राप्त गरेको थियो । शिक्षा दिवसको पुर्वसन्ध्यामा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने सिद्धार्थ माविका साकार बस्नेत, दोस्रो हुने दामगाडे माविकी छात्रा अमृता गुरुङ, तेस्रो हुने जनआदर्श माविका सबिन पौडेल र सान्त्वना स्थान प्राप्त जनप्रिय माविका पृथ्वी क्षेत्रीलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरि गाउँपालिकाका विद्यार्थी मध्य एसइइमा बढि जिपिए ल्याउने सामुदायिक विद्यालयको तर्फबाट सिद्धार्थ मावि कि सुप्रिया नेपाली र संस्थागत विद्यालयको तर्फबाट लिटल फलवारका सन्तोष बाँनियालाई पुरस्कृत गरिएको थियो । त्यसैगरि कक्षा आठको परिक्षामा उत्कृष्ट नम्बर ल्याउने सिद्धार्थ माध्यमिक विद्यालयकी छात्रा प्रशँसा शर्मा र लिटल फ्लावर बोर्डिङ स्कुलका समिर खड्कालाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउँदै शिक्षाको गुणस्तर बढाउन प्रविधीलाई अभिन्न अंग बनाइएको पनि बताउनु भयो । उहाँले शिक्षा सुधारको लागि विद्यार्थी, शिक्षक र अभिभावक आँफै जागरुक हुनुपर्ने बताउँदै शैक्षिक स्थिती सुधारको कोशेढुंगा बन्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP