विद्यार्थीलाई सूचना प्रविधिमा अगाडि बढाइने
४० औं राष्ट्रिय शिक्षा दिवसको पूर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले गुणस्तरीय शिक्षामा आइसीटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयका विद्यार्थीले सहभागिता रहेको थियो ।प्रतियोगितामा सिद्धार्थ माविका साकार बस्नेत प्रथम, दामगाडे माविकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थान जनआदर्श माविका सविन पौडेल र जनप्रिय माविका पृथ्वी क्षत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रथम हुन सफल बस्नेतले आइसीटीको बढ्दो उपयोगसँगै यसबाट सिर्जित हुन सक्ने नकरात्मक गतिविधिलाई रोक्न पनि शिक्षा आवश्यक रहेको बताए । आइसीटीको प्रयोगले नै शिक्षण सिकाईलाई प्रभावकारी, रोचक बनाउनुको साथै ज्ञानको दायरा फराकिलो बनाउने बस्नेतले बताए । त्यसैगरी द्वितीय छात्रा गुरुङले आइसीटीले विश्वलाई साँघुरो कोठामा परिवर्तन गरेको बताउँदै वर्तमान युगमा सिक्ने, टिक्ने र बिक्ने शिक्षा नै आइसीटी शिक्षा रहेको बताइन् । तृतीय स्थानका छात्र सविन पौडेलले परम्परागत तथा घोकन्ते पढाई शैलीलाई विस्थापित गर्न शिक्षकहरुले प्रविधिलाई आत्मसात गर्नुपर्ने बताए ।
सान्त्वना स्थानका विद्यार्थी पृथ्वी क्षत्रीले विकसित देशहरु सूचना प्रविधिकै कारण अब्बल स्थानमा रहेको बताउँदै नेपालमा पनि आइटी प्रविधिलाई विस्तार गर्नुको विकल्प नरहेको बताए ।
कार्यक्रमका सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सूचना प्रविधिमा विधामा गरेको प्रयासले आफूहरु धेरै लाभाविन्त भएको बताएका थिए । विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, इन्टरनेट तथा इलाइब्रेरीको पहुँचले शिक्षण सिकाइमा उल्लेखनीय सुधार भएको तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतिले सूचना प्रविधिप्रतिको लगाब तथा खोज तीव्र रुपमा देखिएको बताए । सूचना प्रविधिले नै गर्दा अहिलेको पुस्ताका विद्यार्थी शिक्षक भन्दा बढी अपडेट हुन थालेको अध्यक्ष सुवेदीको तर्क रहेको थियो ।
शिक्षकलाई प्रविधिमैत्री बनाई शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले एक शिक्षक एक ल्यापटप, शैक्षिक सफ्टवयर, विद्यार्थीसँग अध्यक्ष जस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवि थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


