फेदिखोलामा पहिरोले २ घर भत्कायो, ३ घर विस्थापित ।
आँधीखोला खवर/फेदीखोला :
अबिरल बर्षा सँगै आएको पहिरोले स्याङ्जाको फेदीखोलामा दुई घर भत्किएको छ भने ३ घर परिवार विस्थापित भएकाछन् । फेदिखोला ४ मा जैसीडाडामा गोपाल दमाई र श्याम दमाइको घर पहिरोले भत्काएको हो । पहिरोले भैसीलाई समेत पुरेको बताईएको छ । त्यस्तै आरुखर्क गैह्रापट्टि गएको पहिरोले स्थानीय मिन बहादुर क्षेत्रीको घर पनि पहिरोबाट विस्थापित भएको छ । घर नजिकै गएको पहिरोले क्षेत्रीको परिवार विस्थापित भएको हो ।
विस्थापित परिवारलाई गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाल लगायतका सामाग्री प्रदान गर्नु भएको छ । उहाँले गाँउपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।


समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


