फेदिखोलामा पहिरोले २ घर भत्कायो, ३ घर विस्थापित ।


आँधीखोला खवर/फेदीखोला :
अबिरल बर्षा सँगै आएको पहिरोले स्याङ्जाको फेदीखोलामा दुई घर भत्किएको छ भने ३ घर परिवार विस्थापित भएकाछन् । फेदिखोला ४ मा जैसीडाडामा गोपाल दमाई र श्याम दमाइको घर पहिरोले भत्काएको हो । पहिरोले भैसीलाई समेत पुरेको बताईएको छ । त्यस्तै आरुखर्क गैह्रापट्टि गएको पहिरोले स्थानीय मिन बहादुर क्षेत्रीको घर पनि पहिरोबाट विस्थापित भएको छ । घर नजिकै गएको पहिरोले क्षेत्रीको परिवार विस्थापित भएको हो ।
विस्थापित परिवारलाई गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाल लगायतका सामाग्री प्रदान गर्नु भएको छ । उहाँले गाँउपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।


Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP