बिद्यार्थी र शिक्षकमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द ।

आँधीखोला खबर :
विद्यार्थीहरुमा अत्यधिक ज्वरो आई बिरामी भई विद्यालयमा उपस्थित हुन छाडेपछि गोरखनाथ माध्यमिक विद्यालय निस्दी ६,अर्चले पाल्पाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले बताउनु भयो । विद्यार्थीहरु दैनिक जासो ५० देखि ६० जनाको बीचमा विद्यालय अनुपस्थित हुन थालेपछि उक्त निर्णय गर्नुपरेको विव्यस अध्यक्ष कृष्ण सोमैले बताउनु भयो । बिद्यालयका अधिकांश शिक्षकहरु समेत यस रोगबाट प्रभावित हुन थालेको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो ।
यसैगरी बीच मंगलवार गोरखनाथ माध्यमिक विद्यालयमा यसै सम्बन्धि स्वास्थ्य शिबिर समेत संचालन गरिएको छ । शिबिरमा ५३ जना गोरखनाथ माविका र १३ जना सिन्दुर आधारभूत विद्यालयका विद्यार्थीहरुले चेक जाँच र औषधि लिएको अर्चले स्वास्थ्य चौकीका अहेव सिकेन्द्र महतोले बताउनु भयो ।
अचानक ज्वरो सुरु हुने र ५, ७ दिन सम्म लगातार ज्वरो आउने,हात जोर्नी,मांसपेशी दुख्ने र खोकी लाग्ने यसको लक्षण रहेको अहेव महतोले बताउनु भयो । साथै उक्त लक्षण देखा परेमा तत्काल स्वास्थ परिक्षण गर्न,उमालेको पानी पिउन र लामखुट्टे बाट बच्न समेत स्वास्थ्य चौकीले अनुरोध समेत गरेको छ । बुधवार सिन्दुर आधारभूत विद्यालय निस्दी ६,पाराकुलामा स्वास्थ्य शिबिर र जनचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु् भयो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…