नेविसंघद्धारा उद्घोषण,नेतृत्वबिकास एवं सकारात्मक सोच सम्वन्धी तालिमको आयोजना ।

आँधीखोला खबर/स्याङ्जा :
नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति कालिका मा बि गल्याङ ३ को आयोजनामा उद्घोषण नेतृत्व बिकास एवं सकारात्मक सोच सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै नेबिसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले आफूहरु सिर्जनात्मक गतिविधिमा सधैं अगाडि रहेको बताउदै नेतृत्वका लागि तालिम महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दुर्गादेवी प्रावि का प्रधानाध्यापक रुक्मागत न्यौपाने,नेपाल तरुणदल जिल्ला सदस्य महेन्द्र पाठक , नेबिसंघ क्षेत्रीय सभापति धनराज पौडेल, प्रमुख प्रशिक्षक एवं नेबिसंघ स्याङ्जा क्षेत्रीय सचिव खगेन्द्र भण्डारी, नेबिसंघ जिल्ला सदस्यहरु प्रेम रेग्मी,साधना न्यौपाने,ऋषि बस्याल,प्रदीप पाण्डे , नेबिसंघ गल्याङ क्याम्पस इकाई सभापति छविलाल भुसाल लगाएतले बोल्नुभएको थियो ।
तालिमको उद्घाटन कार्यक्रम नेविंघ ईकाई सभापति ढाकाराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा लक्ष्मी पाण्डेको स्वागत तथा कार्यक्रम संयोजक गणेश न्यौपानेको सञ्चालन रहेको थियो । ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP