कांग्रेस जागर अभियान : नेपाल बिद्यार्थी संघबीच अन्तरक्रिया एवं प्रशिक्षण ।
भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेसद्धारा जारी दोस्रो चरणको जागरण अभियान अन्र्तगत पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा बिद्यार्थीबीच अन्तरक्रिया एवं प्रशिक्षण गरिएकोे छ । नेपाल बिद्यार्थी संघ क्षेत्र नं. १ को आयोजनामा बिहीवार अन्र्तरक्रया एवं प्रशिक्षण गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी एवं महासमिति सदस्य तुलसीराम श्रेष्ठले नेपाली कांग्रेसको नर्सरीका रुपमा रहेको नेपाल बिद्यार्थी संघलाई राम्रो मलजल गरेर हुर्काउने जिम्मेवारीलाई सबै शिर्षश्थ नेताहरुले गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्र र गणतन्त्रको रक्षार्थ नेपाली कांग्रेसलाई वलियो बनाउने नेपाल बिद्यार्थी संघ, महिलासंघ, तरुण दल र सबै भार्तसंस्थाहरुको सहयोगको अत्यावश्यक पर्नेमा उहाको जोड छ । बिद्यार्थीका संस्था बलियो नभएसम्म कांग्रेस बलियो बलियो नहुने र मुलुकले समेत राम्रो गति लिन नसक्ने बताउदै जग बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने उहाको जोड छ ।
कार्यक्रममा संबिधानसभा सदस्य भुलबहादुर आले, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल बिद्यार्थी संघका जिल्ला सभापति अजित क्षेत्री, लगायतले कांग्रेसबीचको एकतालाई बलियो बनाउन गुटउपगुटको अन्त्य गर्न आजैदेखि क्रियाशिल हुनु पर्ने बताउनुभएको थियो ।

नेपाल बिद्यार्थी संघ क्षेत्र नं. १ का सभापति बिज्ञान भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन उपसभापति सविन रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुले पार्टी भित्र र आफना संघ संगठन भित्र भए गरेका गतिबिधी, समसामयिक घटना लगायत आफना समस्याका बारेमा जानकारी एवं सुझाव माग गरेका थिए ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


