नेकपामा एक दिन बसेर काँग्रेसमा फर्किए चापाकोट युवाहरु ।

आँधीखोला खवर/चापाकोट :
शुक्रवार नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेका चापाकोट नगरपालिका वडा नम्वर ३ र ४ का केही युवाहरु शनिवार पुनः काँग्रेसमा नै फर्किएकाछन् । चापाकोटमा आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा उनीहरुलाई नेकपाका जिल्ला स्तरिय नेताहरुले टिका र फुलमाला लगाई पार्टीमा भित्र्याएका थिए तर २४ घण्टा नवित्दै उनीहरुलाई पुन : काँग्रेसका क्षत्रीय सभापति तथा प्रदेश सांसदले त्यसै गरी काँग्रेसमा भित्र्याएका छन् ।
चापाकोटका युवाहरु राजेन्द्र हमाल, खिम बहादुर थापा,दिपेन्द्र थापा, हिमलाल थापा र सुनिल कुवँर नेकपा प्रवेशको एक दिन पछि पुन : काँग्रेस फकिएका हुन् ।
लामो समय बिदेश रहेको र नेपालको राजनीतिको बारेमा केही नबुझी नेकपामा प्रवेश गरेको प्रति अफसोच मान्दै पुन : काँग्रेसमा फर्किएको उनीहरुको भनाई छ । उनीहरु पश्चाताप र नरमाईलो लागेका भन्दै फेरी काँग्रेसमा आएका क्षत्रीय सभापति ईश्वर खाँणले जानकारी दिनुभयो ।

यसैवीच नेपाली काँग्रेसले चापाकोट नगरपालिकाको वडा नं २ र ८ को जागरण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस जागरण अभियानको केन्द्रीय प्रतिनिधि शारदा पौडेल, नेपाली काँग्रेस क्षेत्रिय सभापती देब बहादुर खाँण ईश्वर, प्रदेश साँसद भागबत प्रकाश मल्ल, चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरी लगायले बोलेका थिए ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…