राष्ट्रपतिले माफी माग्नु पर्छ : नेपाली काँग्रेसका युवा नेता गुरुङ ।

आँधीखोला खबर/पोखरा :
नेपाली काँग्रेसका युवा नेता पुर्ण गुरुङले सरकारका गलत गतिबिधिका बिरुद्ध लाग्न कार्यकर्तालाई आव्हान गर्नु भएको छ । कास्की क्षेत्र नं ३ (क) सिम्पानीमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधी पुर्ण गुरुङ्ले राष्ट्रपतिले संबैधानिक दायरा नाघेर कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई हाँसो मजाकमा उडाउनु अत्यन्तै दुखद भएको बताउनु भयो । उहाँले भन्नुभयो, “एक चोटि सभापति देउवाको ईतिहासको पान्ना पल्टाउन र आफ्नो गल्ती प्रति माफी माग्न म राष्ट्रपतिलाई आग्रह गर्दछु । ”


गुरुङले संविधान रक्षाको निम्ति नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ढिक्का भएर लाग्न आग्रह गर्दै नेकपाको दुई तिहाई सरकार गाउँ देखी शहर सम्म भ्रष्ट्राचारमा लिप्त भएको आरोप पनि लगाउनु भयो । नेपाली कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै कम्युनिष्ट पार्टीले जनतालाई ललिपप देखाएर जित निकालेको बताउनु भयो । उहाँले थप्नुभयो,“दुई तिहाईको नाममा कार्यपालिका र न्यायपालिकालाई संबिधान विपरित सञ्चालन गर्ने प्रयास गरेकोमा कांग्रेस भ्रत्सना गर्दछ ।”
डाडु र पन्निउ हातमा राखेको सरकारले दुई बर्ष सम्म प्रदेश राजधानीको नामाकरण गर्न नसकेको तर्फ लक्षित गर्दै नेता गुरुङले सरकार प्रति जनताले कुनै आशा नराखेको स्पष्ट पार्नु भयो ।
कांग्रेसले कास्की क्षेत्र नं ३ प्रदेश (क) मा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली काँग्रेसका युवा तरुण नेता पुर्ण बहादुर गुरुङलाई खटाएको थियो ।

Facebook Comments Box
TOP