कांग्रेसको दोस्रो राष्ट्रिय जागरण : वालिङ ५ र ७ मा जागरण कार्यक्रम सम्पन्न ।
कला राना/वालिङ :
नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अन्र्तगत स्याङ्जा क्षेत्रन नं. २ अन्र्तगत प्रदेश क का विभिन्न स्थानमा जागरण भईरहेका छन् । विपिको १०६औँ जन्मजयन्तीबाट शुरु भएको जागरण बुधबार वालिङ ५ र ७ मा जागरण गरिएको छ । कार्यक्रममा केन्द्रिय प्रतिनिधि गुरुप्रसाद बरालले नेपाली कागे्रस राष्ट्रको जागरणले पार्टी एकिकरणमा थप टेवा पुग्ने भन्दै आ–आफ्नो क्षेत्रबाट क्रियाशिल भुमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । साथै बरालले दुई तिहाईको कम्युनिष्ट सरकार काण्डै काण्डले उभिएको भन्दै धर्म संस्कार र संस्कृति मेटाउन सरकारले गुठी विधयेक ल्याएको आरोप लगाउनुभयो ।

कार्यक्रममा महासमिति सदस्य लक्ष्मीकान्त रेग्मी, वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, भोजराज गुरुङसहित ५ मा २० जना र ७ मा २४ जना गरी ४४ जनाले पार्टी संगठनमा जोड दिनुभएको थियो । क्षेत्र नं. २ का सहसभापति एवं प्रदेश क का सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वालिङ नगरकार्यबहाक सभापति भिमलाल सुवेदी, धन्यवाद क्षेत्रिय सचिव नरबहादुर पौडेल र सञ्चालन क्षेत्रिय सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


