कांग्रेसको दोस्रो राष्ट्रिय जागरण : वालिङ ५ र ७ मा जागरण कार्यक्रम सम्पन्न ।

कला राना/वालिङ :
नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अन्र्तगत स्याङ्जा क्षेत्रन नं. २ अन्र्तगत प्रदेश क का विभिन्न स्थानमा जागरण भईरहेका छन् । विपिको १०६औँ जन्मजयन्तीबाट शुरु भएको जागरण बुधबार वालिङ ५ र ७ मा जागरण गरिएको छ । कार्यक्रममा केन्द्रिय प्रतिनिधि गुरुप्रसाद बरालले नेपाली कागे्रस राष्ट्रको जागरणले पार्टी एकिकरणमा थप टेवा पुग्ने भन्दै आ–आफ्नो क्षेत्रबाट क्रियाशिल भुमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । साथै बरालले दुई तिहाईको कम्युनिष्ट सरकार काण्डै काण्डले उभिएको भन्दै धर्म संस्कार र संस्कृति मेटाउन सरकारले गुठी विधयेक ल्याएको आरोप लगाउनुभयो ।

file


कार्यक्रममा महासमिति सदस्य लक्ष्मीकान्त रेग्मी, वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, भोजराज गुरुङसहित ५ मा २० जना र ७ मा २४ जना गरी ४४ जनाले पार्टी संगठनमा जोड दिनुभएको थियो । क्षेत्र नं. २ का सहसभापति एवं प्रदेश क का सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वालिङ नगरकार्यबहाक सभापति भिमलाल सुवेदी, धन्यवाद क्षेत्रिय सचिव नरबहादुर पौडेल र सञ्चालन क्षेत्रिय सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP