कसैको स्वार्थका लागी कालीगण्डकी डाईभर्सन हुँदैन : मन्त्री बस्नेत ।

अर्जुन काफ्ले/स्याङ्जा :
गण्डकी प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण रामशरण बस्नेतले कसैको स्वार्थ पुर्तिका लागी कालीगण्डकी डाईभर्सन नहुँने बताउनु भएको छ । गण्डकी प्रदेशकै ऐतिहासिक महत्व रहेको कालिगण्डकी डाईभर्सन गरेर पाँच नम्बर प्रदेशमा पानी नजाने बताउनुभएको हो । सोमबार स्याङ्जाको गल्याङ नगरपालिका ९ को बेलचौर लिफ्टिङ खानेपानीको उद्दघाटन गर्दै मन्त्री बस्नेतले कालीको प्रत्येक थोपा थोपा पानीको माया रहेको समेत बताउनुभयो ।
बिभिन्न बहाना बाजीमा भ्रष्टाचार गर्नेलाई छोड्न नहुने भन्दै मन्त्री बस्नेतले भन्नुभयो, “समग्र बिकास, बिभेदको अन्त्य गर्न संघियता ल्याएका हौँ ।” हजारौँ शहिदहरुको बलिदानीले संघियता आएको बताउदै मन्त्री बस्नेतले संघियताको पहिलो कोशेली प्रदेश सरकार भएको बताउनुभयो । जनताको बिकासमा तिब्र आकाँक्षा रहेको बताउदै संघियताले बिकासको लहर ल्याएको उहाँको भनाई थियो ।
अबको पाचँ महिनामा सबै नागरिकले आधारभुत खानेपानी प्राप्त गर्ने भन्दै मन्त्री बस्नेतले अबको तिन बर्षमा शुद्ध र घर घरमा खानेपानीधारा पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताउनुभयो ।
खानेपानी नपाएको ठाउँमा सरकार बिरुद्ध मुद्धा दर्ता भएमा सरकार बाध्य भएर खानेपानी दिन बाध्य हुने मन्त्री बस्नेतको भनाई थियो । एक बर्ष भित्र गण्डकी प्रदेश उज्यालो शहर बन्ने बताउदै मन्त्री बस्नेतले बिजुली हुने ठाउँमा बिजुली र अन्य ठाउँमा सोलार राखिने बताउनुभयो । प्रदेश सरकारको १९ महिनामा धेरै काम गरेको बताउदै गल्याङ्मा मात्र ५ खानेपानी, सिचाईको योजना रहेको बताउनुभयो ।

खरायोको दौडमा समृद्ध प्रदेश बनाउन सरकार लागि परेको बताउदै मन्त्री बस्नेतले प्रदेशलाई कसरी सुन्दर बनाउने भन्ने तर्फ लागेको बताउनुभयो । उहाँले बिदेशीएका युवाहरु नेपाल भित्राउन होमिस्टे र कृषिका नमुना फर्म मार्फत राहत दिएको बताउनुभयो । पर्यटकलाई राम्दीमा नभई गाउँगाउँमा ल्याउनु पर्ने बताउदै मन्त्री बस्नेतले पर्यटनको बिकासको लागि युवाहरु स्वदेश फर्किनु पर्ने बताउनुभयो ।

भारतबाट तेल पाइपमा ल्याएको बताउदै मन्त्री बस्नेतले रेल र पानीजहाज पनि आउने बताउनुभयो । पाचँ बर्षमा प्रदेशलाई दुध, कृषि, माछा, मासुमा आत्भनिर्भर बनाउने लक्ष्यप्रदेश सरकारको रहेको बस्नेतको भनाई थियो । दशैमा अन्य प्रदेशको सामाग्री होइन आफ्नै घर, गाउँमा उत्पादन भएको सामाग्री प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ् नगरपालिका प्रमुख भुपराज अधिकारी, नेकपाअध्यक्ष सुर्य प्रसाद गैरे, वडा अध्यक्ष हरी प्रसाद खनाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख किरण पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments Box
TOP