लायन्स क्लबले शिवपार्वती बृद्धाश्रममा संविधान दिवस मनायो ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लव अफ वालिङ सिटीले रामनदीधाम राम्दीमा रहेको बृद्धाश्रममा संविधान दिवस मनाएको छ ।
स्याङ्जाको रामनदीधाम राम्दीमा रहेको शीबपार्वती बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुलाई खाना खुवाएर र नगद तथा अन्य सहयोग गरेर दिवस मनाएको लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले लायन्स क्लवले नियमित रुपमा यस्ता मानवीय कार्य गर्ने भन्दै बृद्धबृद्धासँग रमाउन पाउदा निक्कै आनन्दको महशुुस भएको जानकारी दिनुभयो ।

सो अवसरमा लायन्स क्लव अफ वालिङ सिटिका पुर्व अध्यक्ष एवं बृद्धाश्रमका अध्यक्ष कविता तिवारी गैह्रेले लायन्सले सामाजिक सेवा मानविय हितका लागि भईरहको भन्दै वृद्धवृद्धाका लागि सहयोग गर्नु लायन्सको उत्कृष्ट कार्य भएको बताउनु भयो । उहाँले निश्वार्थ भावनाले सेवा गर्ने बृद्धाश्रम जस्ता ठाउँमा कसैलेपनि राजनितिक तथा अन्य स्वार्थ पुर्णभावनाले हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “ हामीले बृद्धाश्रमलाई यहाँ ल्याई पुर्याएका छौं यसमा सवैको सकारात्मक सहयोगको खाँचो छ । ”

अध्यक्ष तिवारीले सबै मिलेर रामनदिधाम क्षेत्रको बिकासमा लागेमा हरिद्वार जस्तै बनाउन सकिने दावी गर्नुु भयो । क्लब को पूर्व अध्यक्ष अर्जुन प्रसाद खनालले लायन्स र लियो बीच समन्वयकारि भुमिका निर्वाह गर्दै सामाजिक काममा सक्रियता बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा लियो क्लब अफ वालिङ सिटी को अध्यक्ष विदुसा बस्नेतले आफुहरु सानैबाट मानबीय कार्यमा लाग्न पाएकोमा गर्ब लागेको धारणा राख्नुभयो ।
लायन्स क्लव अफ वालिङ सिटीका आई पि पि विष्णु सुवेदीको स्वागतसँगै शुरुभएको कार्यक्रम को धन्यवाद शिक्षक संघ क्षेत्र नं २ का सभापति डण्डु पंगेनीले गर्नुभएको थियो । लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपक लम्सालले गर्नु भएको थियो ।



समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


