“कवितामा बा” कविता सङ्ग्रहको लोकार्पण

आँधीखोला खवर/वालिङ : पितृभक्तिमा आधारित कविता सङ्ग्रह “कवितामा बा” को लोकार्पण वालिङ बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो । कृतिको लोकार्पण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र ९१ वर्षीय वृद्ध समाजसेवी तुलसीराम पंगेनीले एकसाथ गर्नु भएको थियो । कृतिको लोकार्पण गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व मन्त्री पद्मा कुमारी अर्यालले कृतिले पिताहरुको योगदानलाई ससम्मान श्रद्धा सुमन अपर्ण गरेको र यस्ता कृतिले साहित्यको विकास र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने जानकारी गराउँदै बाको बारेमा लेखदै गर्दा आमाप्रति अन्याय नहुने कुरा जानकारी गारउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं साहित्यकार त्रिलोचन ढकालले मानिसलाइ अन्नत सम्म जीवन्त राख्ने एउटा मात्रै विषय भनेको साहित्य हो भन्ने कुरामा जोड दिनु भयो । यो कृतिले समग्र पिताहरुको योगदानलाइ समेटन सकेको कुरा जानकारी गराउनु भयो । कार्यक्रमका अर्का अतिथि प्रा. डा. रविलाल अधिकारीले मातृभक्तिमा आधारित कृतिहरु प्रशस्त भएका र पितृभक्तिमा आधारित रचनाहरु पनि नेपाली साहित्यमा फुटकर रुपमा देखिए पनि यसरी पूर्व इलाम, पाँचथरदेखि पश्चिम बैतडी सम्मका सातै प्रदेशका कवि तथा कवयित्रीहरुको कविता समेटिएको यो कृति नेपाली साहित्यको एउटा अमूल्य निधिका रुपमा सुरक्षित रहने कुरा व्यक्त गर्नु भयो ।
यस्तै कवितामा बा कविता सङ्ग्रहका भूमिका लेखक साहित्यकार समालोचक नरनाथ लुइँटेलले यो कृति नेपाली साहित्यमा सर्वथा नवीन खालको प्रवृत्तिका साथ उपस्थित भएको कुरा बताउनु भयो । उहाँले अगाडि थपनु भयो काठमाडौँ देखि सुदुर स्याङ्जा वालिङबाट प्रकाशित यो कृति नेपाली साहित्यमा एउटा महत्त्वपूर्ण कृतिका रुपमा रहने कुरा व्यक्त गर्नु भयो । नेपाल भरी ११८ कविका ११९ ओटा कविता समेटिएको यो कृतिले पिताहरुलाइ सम्झँदै गर्दा माताहरु प्रति कुनै भेदभाव नहुने कुरा अभिव्यक्त गर्नु भयो । कृतिको समीक्षा प्रा. डा. शालिग्राम सुवेदी, डा. जगन्नाथ रेग्मी र साहित्यकार लक्ष्मी रेग्मीले गर्नुभएको थियो ।
कवितामा बा भित्रका संस्कृत भाषाका कविताहरुको समीक्षा गर्दै यस सङ्ग्रहका चार ओटा कविताहरुले वेष्ठि र समष्टिरुपमा पिताहरुको योगदानको वर्णन गरिएको कुरा बताउनु भयो । पद्य कविता खण्डका ५९ कविताहरुको समीक्षा गर्दै समीक्षक डा. जगन्नाथ रेग्मीले यस कविता सङ्ग्रहमा वर्णन मातृक र लोकलयका पद्य रचनाहरुले पिताका बारेमा विषय एउटा भएपनि हेर्ने दृष्टिकोण फरक फरक रहेको कुरा उल्लेख गर्दै यस किसिमको पितृभक्तिमा आधारित भएर प्रकाशित भएको यो कविता सङ्ग्रह प्रकाशन गर्ने कार्य प्रशंसनीय रहेको कुरा व्यक्त गर्नुभयो । यस कवितामा रहेका पद्य कविताहरुमा शार्दूल विक्रीडित छन्दका कविताहरु बढी परिष्कृत रहेको कुरा बताउनु भयो । अर्का समीक्षक लक्ष्मी रेग्मीले यो कृति एउटा महत्त्वपूर्ण उपलब्धिका रुपमा आएको विचार राख्नु भयो । अर्का वक्ता साहित्यकार रमेश शुभेच्छुले कवितामा बा जस्तै विषय केन्द्रित भएर पानी, जङ्गल, जडीबुटी, हिमाल जस्ता प्राकृतिक सम्पदाका बारेमा र स्थानीय सेरोफेरो समेटिने गरी कृतिहरु प्रकाशित गर्नु पर्नेमा आवश्यकता औलाउनु भयो ।
कृतिका सम्पादक श्यामप्रसाद ढुङ्गानाले यो कृति तयार हुनुमा बुबाहरुप्रतिको अगाध स्नेह पिताहरु प्रति सच्चा श्रद्धाभाव व्यक्त हुने र नेपाली भाषाको सेवा हुने उद्देश्यका साथ यो कृति प्रकाशित गरिएको जानकारी दिनु भयो । यस कृतिमा संस्कृत, नेपाली र मगर भाषाका गरी जम्मा ११९ वटा कविताहरु समेटिएका त्यस मध्येमा चार ओटा संस्कृतका एक सय चौध ओटा नेपालीका र एउटा मगर भाषाको कविता समेटिएका जानकारी दिनु भयो ।
२६ जना कवयित्री र ९२ जना कविहरुको कविता समेटिएको यस सङ्ग्रहमा पद्य कविता खण्ड र लयमुक्त कविता खण्डमा विभाजन गरिएको जानकारी दिनु भयो । कविताहरु कविहरुको नामको वर्णानुक्रमानुसार व्यवस्थित गरिएको कुरा व्यक्त गर्नु भयो । मुनाफा रहित उद्देश्यका साथ प्रकाशित यस कृतिको बिक्री बाट प्राप्त रकम एउटा पिता कोष स्थापना गरी ज्येष्ठ नागरिकहरुको हितमा खर्च गरिने कुरा जानकारी गराउनु भयो । कार्यक्रममा पूर्व सांसद टेकु नेपाली, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, जिल्ला समन्व्य समिति स्याङ्जाका उपसभापति दिलीप बगाले, गण्डकी सामाजिक परिषदका अध्यक्ष दामोदर गैह्रेले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा माधवशरण उपाध्याय, सूर्यप्रसाद डुम्रे, नारायणप्रसाद ज्ञवाली, हरिप्रसाद पंगेनी, खगेन्द्र अर्याल, लेखनाथ काफ्ले, सीताराम अधिकारी, मिलन समीर, वसन्त खनाल, प्रिया न्योपाने, सुष्मा अर्याल, सुष्मा पौडेल, आकृति पराजुली, सम्भव ढुङ्गाना, शम्भु अर्याल, तेजन राना, दुर्गा सारु लगायत कवि कवयित्रीहरुले रचना वाचन गर्नु भएको थियो । यस कृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतेती, कुल सचिव प्रा.डा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ दुवी नेपाल, मुकुन्द शरण उपाध्याय, सरुभक्त श्रेष्ठ, डा. जगन्नाथ रेग्मी, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. नारायणप्रसाद अधिकारी, डा. रजनी ढकाल, प्रा.डा. शालिग्राम सुवेदी, गोविन्द विनोदी, लोकमणि दाहाल, कृष्ण शरण उपाध्याय, भूपिन, निशा शर्मा, देवेन्द्र लम्साल, डी.डी. शर्मा, कोषराज न्योपाने, नरननाथ लुइँटेल, भुवनहरी सिग्देल, हनिफ मियाँ, जितु खडेका, के.आर. ढकाल, मिलन समीर, शम्भु अर्याल, लालमणि पोख्रेल, लोकबहादुर थापा लगायत नेपाली साहित्यमा स्थापित र नवोदित प्रतिभाहरुको कविता समेटिएको छ ।
“कवितामा बा” कृतिको लागि अहोरात्र खटिरहनुभएका भीष्म आले सरलाइ सम्झिइ रहेका छौँ । श्यामप्रसाद ढुङ्गाना र प्रदीप रेग्मी (बगाले) को सम्पादन तथा चन्द्रकला ढुङ्गाना र घनकुमारी रेग्मी (बगाले) ले प्रकाशन गर्नु भएको कवितामा बा कृतिको लोकार्पण भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनको १६औँ शृङ्खलाका साथमा सम्पन्न गरेको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको सभापत्तित्वमा संचालित यस कार्यक्रमको संचालन प्रतिष्ठानकी सदस्य रिना रानाले गर्नु भएको थियो । सम्पादक प्रदीप रेग्मी (बगाले) ले स्वागत मन्तव्य र प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्यालले धन्यवाद ज्ञापन गर्नुभयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…