युरोपमा ज्यान गुमाएका कोईरालाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण ।

आँधीखोला खवर/वालिङ :
बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा रोजगारी गर्दै आउनुभएका कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाडौमा बस्दै आउनुभएकी पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनु भएको थियो । सो रकमलाई वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गर्नुभएको हो । एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहनुभएका स्याङ्जाली तथा नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले बताउनुभयो । पुजनका परिवार अहिले काठमाडौमा बस्दै आउनुभएको छ । श्रीमान र छोरा समेत गुमाएकी पुजनकी आमा एक छोरीका साथमा काठमाडौमा बस्दै आउनुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेले विदेशमा रहेका नेपालीहरुले आफ्नो खर्च कटाएर पीडित परिवारलाई सहयोग गर्नु अन्त्यन्तै स्रहानिय काम भएको बताउनु भयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…