युरोपमा ज्यान गुमाएका कोईरालाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण ।
आँधीखोला खवर/वालिङ :
बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा रोजगारी गर्दै आउनुभएका कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाडौमा बस्दै आउनुभएकी पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनु भएको थियो । सो रकमलाई वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गर्नुभएको हो । एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहनुभएका स्याङ्जाली तथा नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले बताउनुभयो । पुजनका परिवार अहिले काठमाडौमा बस्दै आउनुभएको छ । श्रीमान र छोरा समेत गुमाएकी पुजनकी आमा एक छोरीका साथमा काठमाडौमा बस्दै आउनुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेले विदेशमा रहेका नेपालीहरुले आफ्नो खर्च कटाएर पीडित परिवारलाई सहयोग गर्नु अन्त्यन्तै स्रहानिय काम भएको बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


