हरिनास हत्याकाण्ड : कसल गर्यो होला नावालक छोरा सहित बाबुको हत्या ?
आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको हरिनास गाँउपालिका ३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या गरिएको छ । स्याङ्जाको साविक मग्याम चिसापानी गाविसका ३० वर्षिय चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्काको हत्या गरिएको हो ।

बिहान पख अन्दाजी ४ बजेको समयमा मुखमा मास्क लगाएर आएको हतियारधारीले हत्या गरेको खड्काकी श्रीमती अनिता खड्काले प्रहरी समक्ष बताउनु भएको छ । घट्नापछि स्याङ्जाका प्रहरी प्रमुखको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको छ, भने कसले के उद्देश्यले हत्या ग¥यो भन्ने विषय हालसम्म अझै खुलेको छैन ।
घटनास्थलमै पुगेर थप अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो । जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुर सहित पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको भण्डारीले जानकारी दिनुभयो । हत्या गरिएका बाबु छोराको शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । डिएसपी भण्डारीका अनुसार पोष्टमार्टमपछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने छ ।

प्रहरीले खड्काकी श्रीमती र मृतकका भाई लगायतलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो । घटना स्थलको पहिलो चरणको अनुसन्धान भईसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जानकारी दिनुभयो ।
यो अत्यन्तै रिसिवीका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्याङ्जा प्रहरी प्रमुख लम्सालले भन्नुभयो, “गाउँ बाक्लो बस्ती रहेकाले पनि हत्यारालाई हत्या गर्न सजिलो भएको देखिन्छ ।” घटनाबारे तिब्र गतिमा अनुसन्धान थालेको लम्सालले बताउनु भयो ।

घरको एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमती मध्ये बाबु छोरा एउटा खाटमा र श्रीमती अर्को खाटमा सुतेका बेला घटना भएको देखिन्छ । हतियारले श्रीमान र छोरालाई हानी रहेको देखेपछि खड्काकी श्रीमतीले चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
झण्डै ६ वर्ष बैदेशिक रोजगारीबाट फर्किएका खड्का कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका उहाँ इमान्दार र लगनशिल व्यक्ति भएको स्थानीय सोमनाथ लम्सालले बताउनु भयो । लम्सालका अनुसार खड्काले गाउँघरका छिमेकीसँग यसअघि झैझगडा समेत गरेका थिएनन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


