हरिनास बाबुछोरा हत्याकाण्ड : श्रीमतीसँग बढि बोलेको भन्दै खुकुरी प्रहार गरी हत्या ।

आँधीखोला खबर/स्याङ्जा :
हरिनास गाउँपालिका ३ ललहीका ३३ वर्षिय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षिय रिजन खड्काको हत्यामा संलग्न सोही स्थानका दिपक भन्ने दानबहादुर मल्ललाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
हत्या आरोपी मल्लले मृतक चित्र बहादुर खड्का आफ्नी श्रीमतीसँग बढी बोल्ने गरेको आरोप लगाएकाछन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालत समक्ष पेश गरेको आरोपत्र अनुशार मल्लले भनेकाछन्, “खड्का मेरी श्रीमती र अन्य महिलाहरुसँग बढि बोल्ने र हिमचिम बढि नै गरेका थिए, तर म सँग भने घमण्ड गरेर बोल्दैन थिए त्यसैले घरमा रहेको खुकुरी लगी खड्का र उनका छोराको हत्या गरेको हुँ ।”

हत्या लगतै स्याङ्जाका डिएसपि नबिनकृष्ण भण्डारीको नेतृत्वमा विशेष टोली अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बनाएको थियो । टोलीको लामो अनुसन्धान पछि नाबालाक छोरा सहित बाबुको निर्मम हत्या मल्लले गरेको देखिन आएको भन्दै उनलाई प्रहरीले केही हप्ता अगाडि पक्रेको थियो ।
मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरी र प्रहरी अनुसन्धानका आधारमा मल्ललाई पक्राउ गरिएको थियो । गत भदौ १७ गते घरमा नै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु र नावालक छोराको हत्या भएको थियो ।
घटना भएको दिन मृतककी श्रीमती अनिताले घटना हुँदा कालो माक्स लगाएर आएको व्यक्तिले हत्या गरेको बताउनुभएको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले यस अघि नै बरामद गरिसकेको छ ।
जिल्ला प्रहरी स्याङ्जाले भनेको छ, “मल्ललाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोग साथ प्रतिवादी दिपक भन्ने दान बहादुर मल्ललाई स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा स्याङ्जा जिल्ला अदालतको आदेशले मल्ललाई पूर्पक्षको लागि कारागार चलान गरिएको छ ।”
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…