विद्यार्थी नेता रेग्मीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण ।

तोलाकान्त बगाले/वालिङ :
नेपाल विद्यार्थी संघका वालिङ नगर सदस्य हरि रेग्मीले आफ्नो जन्मदिन विद्यार्थी भाईबहिनीहरुसित मनाउनुभएको छ ।
वालिङ ८ भीमटारी निवासी विद्यार्थी नेता रेग्मीले वालिङ ८ कै अमिलीथुम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्नुभएको हो ।
आँफू पनि विद्यार्थी भएकाले स–साना विद्यार्थीको भावना बुझेर उनीहरुलाई शैक्षिक क्रियाकलापप्रति थप हौसला जगाउनका लागि शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी नेता रेग्मीले बताउनुभयो ।
आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउँदा हुने खर्च विद्यार्थी भाईबहिनीहरुको उत्प्रेरणा जगाउने उद्धेश्यले खर्च गरेको विद्यार्थी नेता रेग्मीको भनाई छ ।
कार्यक्रममा नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुब पंगेनी, वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण, नेविसंघ नेताहरु विदुषा बस्नेत र मणि सुबेदीले जन्मदिन मनाउने शिलशिलामा अनावश्यक खर्चलाई कटौति गरी स–साना भाई बहिनीलाई सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…