बाख्राको छ मास(enterotoxaemia)

सुशिल अर्याल :
परिचय :
बाख्राहरुमा सुक्ष्म जीवाणुबाट लाग्ने रोगहरु मध्ये यो एक प्रमुख रोग हो । यो रोग संसार भरी नै पाईन्छ । तर व्यावसायिक रुपमा सघन व्यवस्थापनमा पालीएका बाख्राहरुमा यो रोग चरनमा पालीएका बाख्राहरुमा भन्दा बढी लाग्दछ । यो रोगले बाख्राको स–साना पाठापाठीहरुलाई बढी सताउने गर्दछ । व्यस्क बाख्राहरुमा पनि यो रोग लागेको पाइन्छ तर ३ हप्ता मुनिका पाठापाठीहरुमा यो रोग लाग्दा धेरै जसोले कुनै लक्षण नै नदेखाई मर्ने गर्दछन् ।
रोगको कारण :
बाख्राहरुमा यो रोग एक किसिमको जीवाणुको कारणबाट हुन्छ । यो रोग लगाउने जीवाणु सामान्य अवस्थामा पनि बाख्राहरुको आहारा नलीमा रहन्छन् । यी जीवाणुहरुले दुई किसिमका वीष उत्पन्न गर्दछन् जसमध्ये इप्सीलोन विष यो रोगको मुख्य कारक तत्व मानिन्छ । सामान्य अवस्थामा आंद्रामा सिमित संख्यामा रहेका जीवाणुहरुले उत्पादन गरेका विष गोबर सित शरिर बाहिर निस्कन्छ र पशुहरुलाई लाग्दैन तर यदि कुनै कारणले आंद्राको गति कम भएमा आंद्राभित्र उत्पन्न भएको विष शरिरमा सोसिन्छ र रोगका लक्षणहरु देखिन्छ ।
रोगका लक्षणहरु :
बाख्राहरुमा छमासे रोगका तिनवटा भिन्न भिन्न प्रकृतिका लक्षणहरु देखिन सक्छन् —
(१) अति तीक्ष्ण प्रकृतिको :
लक्षण नदेखाई पशु मर्न सक्छ ।
ज्वरो आउने र झोक्राउने ।
घांस, दाना–पानी नखाने र पेट दुख्ने ।
रगत मिसिएको गन्हाउने छेर्ने ।
शरिर काँप्ने र सुतिरहने ।
(२) तीक्ष्ण प्रकृतिको :
बेलाबेलामा छेर्ने र अलीअली पेट दुख्ने ।
प्राय ः रोगका लक्षण ३—४ दिन सम्म रहन्छ ।
त्यसपछि अधिकांस पशुको मृत्यु हुन्छ ।
(३) दीर्घ प्रकृतिको :
प्रायः हुर्किसकेका बाख्राहरुमा देखा पर्दछ ।
आहारा रुचाएर नखाने र पातलो दिशा गर्ने ।
पशु दुव्लाउदै जाने तथा कमजोर हुने ।
यस अवस्थाको रोग चिन्न अली गाह्रो हुन्छ ।
उपचार :
यो रोगको उपचारकोलागि जीवाणुको विष विरुद्ध प्रतिविषको १५–२० मि.ली मात्रा रगतको नशाबाट सुई लगाउनु पर्दछ । यसको साथै आंद्रामा जीवाणुको बृद्धि कम गर्न एन्टिवायोटीक औषधी या सल्फोनामाईड औषधिहरु प्राविधिकको सल्लाह अनुसार खुवाउनु पर्दछ ।
रोकथामः
यो रोगको रोकथामकोलागि सवै बाख्राहरुलाई ६—६ महिनाको वा १—१ वर्षको फरकमा कम्पनीको निर्देशन अनुसार खोप लगाउनु पर्दछ । पहिलो पटक खोप लगाएको ३ देखि ६ हप्तापछि पुनः बुस्टर खोप लगाउनु पर्दछ । माउ व्याउनुभन्दा २—३ हप्ता पहिले खोप लगाएमा विगौती दुधमा रोग निरोधक क्षमता जम्मा हुन्छ जुन पाठापाठीले विगौती दुधसितै चुसेर खाएमा यिनिहरुलाई रोगबाट बचाउन सकिन्छ (युबा हरु को लागि नमुना बाख्रा गाउ अभियान , स्याङ्जा)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


