गल्याङ उद्योग बाणिज्य संघको चुनाव : मतगणना शुरु, केही बेरमा नतिजा आउने ।
राधाकृष्ण डुम्रे /स्याङजा :
स्याङजाको गल्याङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना शुरु भएको छ । संघको आज भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । जम्मा ४ सय ७० मतदाता रहेको संघमा २५ मत खसेन भने १ जनाले अध्यक्षका लागि मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
व्यशायीले निर्वाचनमा दुईवटा प्यानल नै बनाएर चुनावी प्रतिपर्धामा उत्रिएका छन् । उनीहरु राजनैतिक दलको समर्थनका आधारमा समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
गल्याङ उद्योग वाणिज्य संघको नेतृत्वको कांग्रेसको समर्थनमा धुर्व श्रेष्ठ र नेकपाको समर्थनमा यज्ञ अर्यालको समुह चुनावी मैदानमा रहेको छ ।
धुर्व श्रेष्ठको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि ईन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्र प्रसाद भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराईले दर्ता गराएकाछन् ।
त्यस्तै सदस्य पदका लागि गुम बहादुर थापा, नर बहादुर गुरुङ, ऋषि बस्याल, राम प्रसाद रेग्मी र नुमन गहतराजले उम्मेदवारी परेको छ ।
त्यस्तै यज्ञ अर्यालको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि हेम कुमारी तरामु उपाध्यक्षमा विष्णु पाठक, महासचिवमा राम प्रसाद सापकोटा, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
भने सदस्य पदका लागि हिरामणी भण्डारी, चिन्तामणी अर्याल, खिमबहादुर परियार ९अनिल०, हुमाकान्त पाठक र पुर्ण चन्द्र बस्यालले उम्मेदवारी दर्ता गराएकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


