गल्याङमा भव्यताका साथ संविधान दिवस मनाईयो ।


नारायण विश्वकर्मा/गल्याङ :
संविधान जारी भएको अवसरमा गल्याङमा शुक्रवार विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको छ ।

संविधान दिवस मुल समारोह समिति गल्याङ नगरपालिका स्याङजाले गल्याङमा प्रभातफेरि र समारोहको आयोजना गरेको हो ।

गल्याङ बजारमा रहेको भानुभक्त आर्चाय माध्यमिक विद्यालयबाट सुरु भएको प्रभातफेरि गल्याङ बजार परिक्रमा गरि मगर भवन लेमभित्तामा पुगेर समारोहमा परिणत भएको थियो ।कार्यक्रममा संविधान सभाका सदस्य मुक्ति प्रसाद पाठकले नेपाली जनताको अथक प्रयास पछि संविधान आएको बताउनुभयो ।

उहाँले सवै नेपालीलाई समानुपातिक प्रतिनिधित्व गर्ने संविधान आएको र यसलाई सवैले आत्मसाथ गर्दे अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

साथै संविधान कार्यन्वयनमा सहमतिको माध्यमबाट सवैले हातमालो गर्दे अगाडी बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

साथै सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न सम्पुर्ण जनता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले आजको दिन नेपाली जनताको ऐतिहासिक दिन भएको भन्दै सकारात्मक सोँचका साथ संविधान कार्यन्वयन गर्न सवै एकसाथ हुनुपर्ने बताउनुभयो ।

यस्तै नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य पुण्य भुषालले विश्वको इतिहास मध्य नेपालको संविधान उत्कृष्ट भएको दावी गर्नुभयो ।

भुषालले अनुशासनमा केन्द्रित नभईकन संविधान कार्यन्वयन गर्न नसकिने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा गल्याङ नगर कमिटीका अध्यक्ष नारायण प्रसाद अधिकारी, नेपाली कंग्रेसका महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ अर्याल, नेपाली कंग्रेसका नेता लक्ष्मण प्रसाद भट्टराई, गल्याङ चेम्बरका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कविता बाचन लगायत विभिन्न क्लबहरुबाट साँस्कृति प्रस्तुती पनि राखिएको थियो ।

कार्यक्रममा बाजा गाजा सहति विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी, विभिन्न विद्यालय, धार्मिक–सामाजिक संघ संस्थाबाट राष्ट्रिय झण्डा सहित उत्साहजनक सहभागिता रहेको थियो ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगरका सामाजिक विकास अधिकृत थानापति न्यौपाने र जनसम्पर्क शाखाका प्रमुख दल बहादुर सिंजालीले गर्नुभएको थियो । भने कार्यक्रममा स्वागत शिक्षा शाखाका प्रमुख केदारनाथ आर्चायले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP