स्याङ्जाको गल्याङ नगरपालिकाले संविधान दिबश भव्य रुपमा मनाउने ।

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले संविधान दिवस भव्य रुपमा मनाउने भएको छ ।
गल्याङ नगरपालिकाको कार्यालयमा बसेको नगर कार्यपालिका, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले संविधान दिवस भव्य रुपमा मनाउने तय गरेको हो ।
संविधान दिवस भव्य रुपमा मनाउन बैठकले नगरप्रमुख भुपराज अधिकारीको अध्यक्षतामा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
नेपाल सरकारको निर्णय अनुसार असोज दुई गते देखि चार गतेसम्म संविधान दिवस मनाउन मुल आयोजक समिति गठन गरि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
बैठकको निर्णय अनुसार असोज दुई गते देखि चार गतेसम्म प्रत्येक दिन नगरपालिकाका घरघरमा दिपावली गरिनेछ ।
असोज दुई गते नगरपालिकाका सबै क्षेत्रमा विशेष सरसफाई गर्ने तथा दुई गते नै संविधान दिवसका अवसरमा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै दुई गते नै स्थानीय एफएम तथा टेलिभिजनमा संविधान दिवशका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
यसैगरी मुख्य कार्यक्रमको रुपमा संविधान जारी भएको दिन असोज तीन गते प्रभातफेरी र समारोह गरिने भएको छ ।
विहान ११ बजे गल्याङबजारको भानुभक्त माध्यमिक विद्यालयबाट सुरु हुने प्रभातफेरी लेमभित्तामा रहेको मगर भवनमा पुगेर सभामा परिणत गर्ने तयारी गरिएको छ । बैठकले प्रभातफेरीमा सहभागी हुनका लागि स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, क्लबहरु, आमा समूह सहित सबैलाई आह्वान गरेको छ । प्रभातफेरीमा स्थानीय कला र संस्कृति बोकेका झाँकी तथा पञ्चेबाजा समेत सहभागी गराउने तय गरिएको छ ।
सभामा यसै क्षेत्रको निर्वाचनबाट संविधानसभामा पुगेका व्यक्तित्वहरु तथा यसै क्षेत्रका विभिन्न तहका नेताहरुलाई पनि निमन्त्रणा गर्ने निर्णय भएको छ । कार्यक्रममा गल्याङ च्याम्बर अफ कमर्सले देशभक्तीपूर्ण सांगितिक प्रस्तुति राख्ने कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
बैठकमा नगरप्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, वडा अध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाली काङ्ग्रेस नगर समिति संयोजक श्यामप्रसाद बस्याल, गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण भट्टराई, सदस्य हुमकान्त पाठक, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यसैवीच, संविधान दिवशको अवसरमा गल्याङ बजारमा विशेष छुट हुने भएको छ ।
गल्याङ च्याम्बर अफ कमर्श र गल्याङ उद्योग वाणिज्य संघले संविधान दिवशको अवसरमा आफ्ना प्रतिष्ठानहरुमा असोज दुई, तीन र चार गतेसम्म वस्तु तथा सेवामा विशेष छुट दिने बताएका हुन् ।
गल्याङ उद्योग वाणिज्य संघको सहकार्यमा असोज दुई तीन र चार गते गल्याङ मेनरोडमा रहेको त्रिपुत्र मोटरसाईकल सर्भिसमा ५० प्रतिशत छुट तथा सिद्वान्त डेन्टल केयर सेन्टरमा दाँत तथा मुखको उपचार तथा परामर्श सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संघका सदस्य हुमकान्त पाठकले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP