नगरपालिकाभित्र जग्गा बाँझो नराख्न नगर प्रमुख-अधिकारीको आग्रह ।

केपी खनाल/गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले जमिन बाँझो नराख्न नगरबासीलाई आग्रह गर्नुभएको छ । उहाँले बाँझो रहेको जग्गालाई सकेसम्म आफै प्रयोग गर्न र नसके भाडामा दिन आग्रह गर्नुभयो ।


आँधिखोला बहुउद्देश्यीय संस्थाको चौथो अधिवेशन तथा छैटौं साधारणसभाको गल्याङमो उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले यस्तो आग्रह गर्नुभएको हो ।
प्रमुख अधिकारीले कृषि क्षेत्रको सम्भावना भएका क्षेत्रलाई बाँझो राखेर सम्बृद्वि ल्याउन नसकिने स्पष्ट पार्नुभयो । अहिले किसानले बाँदरको समस्या झेल्नुपरेको गुनासो गर्ने गरेको भन्दै उहाँले त्यस्को विकल्प अपाउन पनि किसानहरुलाई आग्रह गर्नुभयो ।
सामुहिक बेसार खेती वा लिची खेती गर्न सकेमा त्यसको निर्यातको व्यवस्था नगरपालिकाले गर्ने नगरप्रमुख अधिकारीले स्पष्ट पार्नुुभयो । व्यक्तिगत र केही रोपनीमा खेती गर्नुभन्दा व्यवसायिक सोच राखेर ठूलो संरचनामा धेरै उत्पादन गर्नेगरी खेती गर्न उहाँले अनुरोध गर्नुभयो ।
सामुहिक उत्पादनका लागि किसानलाई बजेटको कुनै कमि हुन नदिने भन्दै उहाँले काम गर्न सके पैसाको समस्या नरहेको बताउनुभयो ।


कार्यक्रममा बुटवल पावर कम्पनी, गल्याङ शाखाका प्रमुख डोल खरेलले स्थानीय जनताको सम्बृद्विका लागि बुटवल पावर कम्पनीले जस्तोसुकै सहयोग गर्ने आश्वासन दिनुभयो ।
आँधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था आक्वाका अध्यक्ष पदम अर्यालले आक्वा क्षेत्रको विकासका लागि नगरपालिका र बुटवल पावर कम्पनीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आँधिखोला बहुँउद्देश्यीय संस्थाका अध्यक्ष सुर्यप्रसाद डुम्रेले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष नारायणप्रसाद ज्ञवालीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्रदेब खनालले गर्नुभएको थि

Facebook Comments Box
TOP