गल्याङ उद्योग बाणिज्य संघ : सदस्यहरुको मतगणना सकियो, लोकतान्त्रिक समुहलाई अग्रता ।
राधाकृष्ण डुम्रे /स्याङजा :
स्याङजाको गल्याङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको चुनावमा सदस्यहरुको मतगणना सकिएको छ ।
५ सदस्यका लासिग भएको चुनावमा ३ सदस्य काँग्रेस समर्थीत धुर्ब श्रेष्ठबाट विजयी भएका छन् भने २ सदस्य नेकपा समर्थीत यज्ञ अर्याल समुहबाट निर्वाचित भएका मतगणना स्थलमा रहनु भएका नेपाली काँग्रेसका युवा नेता गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
लोकतान्त्रिक समुहबाट गुम प्रसाद थापा २ सय ३६ मत,नर बहादुर गुरुङ २ सय २७ मत र ऋषि बश्याल २ सय १७ मत ल्याई निर्वाचित भएकाछन् । त्यस्तै प्रगतीशील समुहबाट हुमकान्त पाठकले २ सय २२ मत र चिन्तामणी अर्यालले २ १७ मत ल्याई निर्वाचित भएकाछन् ।
अहिले पदाधिकारीहरुको मतगणना शुरु भएको छ ।
पराजित प्रतिस्पर्धीहरुमा लोकतान्त्रिक समुहका राम प्रसाद रेग्मी २ सय ८ मत र नुमन सुनार २ सय मत ल्याउनु भएको छ । त्यस्तै प्रगतीशीबाट हिरामणी भण्डारी २ सय १० मत, , खिम बहादुर परियार २ सय ३ मत, र पूर्णचन्द्र बश्याल १ सय ८९ मत रहेको छ ।
संघको आज भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । जम्मा ४ सय ७० मतदाता रहेको संघमा २५ मत खसेन भने १ जनाले अध्यक्षका लागि मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
व्यशायीले निर्वाचनमा दुईवटा प्यानल नै बनाएर चुनावी प्रतिपर्धामा उत्रिएका हुन्् । उनीहरु राजनैतिक दलको समर्थनका आधारमा समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
गल्याङ उद्योग वाणिज्य संघको नेतृत्वको कांग्रेसको समर्थनमा धुर्व श्रेष्ठ र नेकपाको समर्थनमा यज्ञ अर्यालको समुह चुनावी मैदानमा रहेको छ ।
धुर्व श्रेष्ठको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि ईन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्र प्रसाद भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराईले दर्ता गराएकाछन् ।
त्यस्तै यज्ञ अर्यालको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि हेम कुमारी तरामु उपाध्यक्षमा विष्णु पाठक, महासचिवमा राम प्रसाद सापकोटा, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


