गल्याङ उद्योग बाणिज्य संघ : व्यवशायीलाई भन्दा नेतालाई लायो चुनाव ।
राधाकृष्ण डुम्रे/स्याङजा :
स्याङजाको गल्याङका व्यवशायीहरुमा उद्योग बाणिज्य संघको नेतृत्व आफ्नो पक्षमा पार्न लागि परेका छन् । गल्याङ उद्योग वाणिज्य संघको भोलि शनिवार हुने निर्वाचनका लागि व्यवशायी मात्रै होईन राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत दौडधुपमा लागि परेका छन् ।
गल्याङ उद्योग वाणिज्य संघको प्रथम अधिवेसनमा कार्यसमिती चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया थालिएको हो । व्यशायीले निर्वाचनमा दुईवटा प्यानल नै बनाएर चुनावी प्रतिपर्धामा उत्रिएका हुन् । उनीहरु राजनैतिक दलको समर्थनका आधारमा समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

गल्याङ उद्योग वाणिज्य संघको नेतृत्वको कांग्रेसको समर्थनमा धुर्व श्रेष्ठ र नेकपाको समर्थनमा यज्ञ अर्यालको समुह चुनावी मैदानमा रहेको छ ।धुर्व श्रेष्ठको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि ईन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्र प्रसाद भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराईले दर्ता गराएकाछन् ।
त्यस्तै सदस्य पदका लागि गुम बहादुर थापा, नर बहादुर गुरुङ, ऋषि बस्याल, राम प्रसाद रेग्मी र नुमन गहतराजले उम्मेदवारी परेको छ ।

त्यस्तै यज्ञ अर्यालको समुहमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि हेम कुमारी तरामु उपाध्यक्षमा विष्णु पाठक, महासचिवमा राम प्रसाद सापकोटा, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
भने सदस्य पदका लागि हिरामणी भण्डारी, चिन्तामणी अर्याल, खिमबहादुर परियार ९अनिल०, हुमाकान्त पाठक र पुर्ण चन्द्र बस्यालले उम्मेदवारी दर्ता गराएकाछन् ।
शनिवार मध्यान्ह १२ बजे पछि प्रचारप्रसार गर्न नपाउने भए पछि रातभर व्यवशायी तथा राजनैतिक दलका नेता कार्यकर्ता मतदातालाई भेटघाट गर्न नै व्यस्त रहेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


