गल्याङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन ।

नारायण विश्वकर्मा/गल्याङ :
गल्याङ उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रम गल्याङ बजारमा सम्पन्न भएको छ ।
शुक्रवार गल्याङ बजार व्यवस्थापन कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष संजिव कोईरालाले व्यापारलाई परिवर्तन गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो “यस क्षेत्रको सम्भावना भनेको कृषि र पर्यटन हो, यसलाई आधुनिक शैलीबाट लैजानुपर्छ गाउँ गाउँमा के सम्भावना छ त्यसलाई पहिचान गरि अगाडी बढ्नुपर्छ ।” उहाँले यहाँ च्याम्बर भिलेजको अवधारणा ल्याउनुपर्ने भन्दै त्यसको लागि प्रदेश उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यस्तै कोईरालाले गण्डकी प्रदेशको मुलद्धारको रुपमा गल्याङ भएको र मुलद्धारबाट भित्रिने आयात निर्यातमा उद्योग वाणिज्य संघको ठुलो भुमिका हुने बताउनुभयो ।
साथै उहाँले स्थानिय स्तरमा उत्पादन हुने बस्तुलाई बजारिकरण गर्न सहयोग पुर्याउनुपर्ने, उत्पादन लागि त्यस्तै वाताबरणको सृजना गर्नुपर्ने उद्योग वाणिज्य संघको दायित्व रहेको बताउनुभयो ।


कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लेखनाथ भट्टराईले गल्याङ उद्योग वाणिज्य संघलाई कति पनि विचतिल हुन नदिई आफ्ना अनुभवहरु नव निर्वाति पदाधिकारीलाई हस्तान्तरण गर्ने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा भएका गतिविधि सुनाउदै अपुरा भएका कामलाई पुरा गर्न आग्रह गर्दे उद्योग वाणिज्य संघलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
यस्तै कार्यक्रममा संविधान सभाका सदस्य मुक्ति पाठक, नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य पुण्य भुषाल लगायतले उद्योगीहरुको हकहितको लागि काम उद्योण वाणिज्य संघ सफल हुने बताउनुभयो ।
कार्यक्रममा नव निर्वाचित गल्याङ उद्योग वाणिज्यका पदाधिकारीलाई निर्वतमान अध्यक्ष लेखनाथ भट्टराईले सपथ खुवाउनुभएको थियो ।
त्यस्तै सपथ ग्रहण गर्दे नव निर्वाचित अध्यक्ष यज्ञ अर्यालले गल्याङ बजारलाई विस्तार गर्नुपर्ने, उद्योगहरु स्थापना गर्ने, व्यापारी व्यवसायीको हकहितका लागि काम गर्ने लगायत भावि योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
संघका पुर्व वरिष्ठ उपाध्यक्ष धुर्व श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रम नवनिर्वाचित अध्यक्ष यज्ञ अर्यालको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP