गल्याङ उद्योग बाणिज्य संघ-अध्यक्षमा प्रगतिशील समुहका अर्याल बिजयी,लोकतान्त्रिक समुह बहुमतमा ।


राधाकृष्ण डुम्रे/स्याङजा :
स्याङजाको गल्याङ उद्योग बाणिज्य संघको अध्यक्षमा प्रगतिशील समुहका यज्ञ प्रसाद अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले २ सय २५ म त प्राप्त गर्नु भयो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समुहका धुर्ब श्रेष्ठले २ सय १५ मत प्राप्त गर्नु भयो ।

अध्यक्षमा निर्वाचित अर्याल


संघमा अध्यक्ष कोषाध्यक्ष र दुई सदस्यमा प्रगतिशील समुह विजयी भएको छ भने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव र सह कोषाध्यक्ष तथा ३ सदस्यमा लोकतान्त्रिक समुह विजयी भएको छ ।

वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समुहका ईन्द्र प्रसाद अधिकारी विजयी हुनु भएको छ । उहाँले २ सय ३२ मत प्राप्त गर्नु भयो । त्यस्तै उपाध्यक्षमा पनि लोकतान्त्रिक समुह कै बाबुराम पाण्डले २ सय १७ मत ल्याई विजयी हुनु भएको छ । महासचिवमा पनि लोकतान्त्रिक समुह कै कृष्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । भट्टराईले २ सय ७४ मत ल्याउनु भयो
। सचिवमा लोकतान्त्रिक कै उमा श्रेष्ठले २ सय ५३ मत ल्याई विजयी हुनु भएको छ । कोषाध्यक्षमा भने प्रगतिशील समुहका बलराम श्रेष्ठले २ सय १४ मत ल्याई विजयी हुनु भएको छ । सह–कोषाध्यक्ष लोकतान्त्रिक समुहका होमलाल भट्टराईले २ सय २८ मत ल्याई विजयी हुनु भएको हो ।
यस्तै ५ सदस्यका लागि भएको चुनावमा ३ सदस्य काँग्रेस समर्थीत धुर्ब श्रेष्ठबाट विजयी भएका छन् भने २ सदस्य नेकपा समर्थीत यज्ञ अर्याल समुहबाट निर्वाचित भएकाछन् ।
लोकतान्त्रिक समुहबाट गुम प्रसाद थापा २ सय ३६ मत,नर बहादुर गुरुङ २ सय २७ मत र ऋषि बश्याल २ सय १७ मत ल्याई निर्वाचित भएकाछन् । त्यस्तै नेकपा समुहबाट हुमकान्त पाठकले २ सय २२ मत र चिन्तामणी अर्यालले २ १७ मत ल्याई निर्वाचित भएकाछन् ।
पराजित प्रतिस्पर्धीहरुमा लोकतान्त्रिक समुहका राम प्रसाद रेग्मी २ सय ८ मत र नुमन सुनार २ सय मत ल्याउनु भएको छ । त्यस्तै प्रगतिशीलबाट हिरामणी भण्डारी २ सय १० मत, , खिम बहादुर परियार २ सय ३ मत, र पूर्णचन्द्र बश्याल १ सय ८९ मत रहेको छ ।
संघको शनिवार भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । जम्मा ४ सय ७० मतदाता रहेको संघमा २५ मत खसेन भने १ जनाले अध्यक्षका लागि मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
व्यशायीले निर्वाचनमा दुईवटा प्यानल नै बनाएर चुनावी प्रतिपर्धामा उत्रिएका थिए । उनीहरु राजनैतिक दलको समर्थनका आधारमा समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
गल्याङ उद्योग वाणिज्य संघको नेतृत्वको कांग्रेसको समर्थनमा धुर्व श्रेष्ठ र नेकपाको समर्थनमा यज्ञ अर्यालको समुह चुनावी मैदानमा थिए ।

Facebook Comments Box
TOP