स्याङ्जाको गल्याङमा जिप दुर्घटना, १ बालकको ज्यान गयो २२ घाईते ।

आँधीखोला खवर /स्याङ्जा :
स्याङ्जाको गल्याङ ३ मा जिप दुर्घटना हुँदा १ बालकको ज्यान गएको छ भने २२ जना घाईते भएकाछन् ।

पाल्पाको रामपुरबाट गल्याङ्का लागि छुटेको ग १ ज ३८४१ नम्वरको जिप गल्याङ बजार नजिकै विपिसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ बर्षिय बालकको सनाखत हुन बाँकी छ । घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष रहेकाछन् । दुर्घटनामा तिज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ ।

समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…