स्याङ्जाको गल्याङमा जिप दुर्घटना, १ बालकको ज्यान गयो २२ घाईते ।
आँधीखोला खवर /स्याङ्जा :
स्याङ्जाको गल्याङ ३ मा जिप दुर्घटना हुँदा १ बालकको ज्यान गएको छ भने २२ जना घाईते भएकाछन् ।

पाल्पाको रामपुरबाट गल्याङ्का लागि छुटेको ग १ ज ३८४१ नम्वरको जिप गल्याङ बजार नजिकै विपिसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ बर्षिय बालकको सनाखत हुन बाँकी छ । घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष रहेकाछन् । दुर्घटनामा तिज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


