गल्याङमा भएको दुर्घटनाप्रती नेकपा,कांग्रेस तथा प्रदेश सांसदद्धारा दुःख व्यक्त ।

आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको गल्याङमा भएको जिप दुर्घटनाप्रती विभिन्न राजनैतिकदल तथा नेताहरुले समवेदना प्रकट गरेकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस) ले दुःख व्यक्त गर्नुभएको छ । वुधबार मध्यान्न १२ बजे भएको दुर्घटनामा ठुलो जनधनको क्षेती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष समेत रहनु भएका गैह्रेले विज्ञप्ती नै निकालेर दुःख व्यक्त गर्नुभएको हो ।
यस्तै नेपाली काँंग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार रानाले पनि घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । आज शोक बक्तव्य निकालेर रानाले घटना प्रति दुःख व्यक्त गर्नु भएको हो ।
यसैगरी प्रदेश सांसद भागवत प्रकाश मल्लले पनि घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । स्याङ्जा २ क बाट निर्वाचित मल्लले आज फेसवुकमा स्टाटस लेखेर घटनाको खवरले स्तव्ध बनाएको बताउनु भएको हो ।

उहाँहरुले ‘दुर्घटनामा मृत्यु हुने प्रति श्रद्धाञ्जली प्रकट गर्नु भएको हो । उपचाररत घाईते सवैको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
पाल्पाको रम्भा गाउँपालिका हुँगीबाट स्याङ्जाको गल्याङ बजार तर्फ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप गल्याङ बजार नजिकै विपिसि रोडमा दुर्घटना भएको थियो ।
दर्घटनामा परी वालिङ् नगरपालिका १३ वस्ने सन्दिप परियारको छोरा ९ महिनाका पल्सन परियारको घटना स्थलमै मृत्यु भएको थियो ।
त्यस्तै रम्भा गाउँपालिका १ पाल्पा वस्ने ७० वर्षीय सिता नेपाली र साही ठाउँ वस्ने ३४ वर्षीय मञ्जु भण्डारीको लुम्वीनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको थियो । हाल दुर्घटनामा घाईते हुने २४ जना मध्ये १८ जनाको लुम्वीनी मेडिकल कलेज प्रभासमा र ६ जनाको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

Facebook Comments Box
TOP