वालिङ ५ जगत भञ्ज्याङमा डेङ्गु सम्बन्धी एकदिने सचेतना कार्यक्रम ।
तिलक गुरुङ/जगतभन्ज्याङ :
वालिङ नगरपालिका वडा नम्वर ५ जगत भञ्ज्याङमा डेङ्गु सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा जगत भञ्ज्याङ स्वास्थ्य चौकिको सहजीकरणमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरु तथा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक,टोल बिकास सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डेङ्गु नियन्त्रणका लागि आ आफ्नो क्षेत्रबाट पहल गर्न स्वास्थ्य चौकी प्रमुख इन्द्र प्रसाद भट्टराइले सबैलाइ आग्रह गर्नुभयो ।

वडा अध्यक्ष ढाकाराम पंगेनीले डेङ्गुलाई महामारीका रुपमा फैलन नदिन समयमै सचेतनामूलक कार्यक्रमहरु टोल् टोलमा सञ्चालन गर्नु पर्ने र सरसफाईका कार्यक्रमहरु जति सक्दो चाडो शुरु गर्नु पर्नेमा जोड दिनु भयो ।
जगत भञ्ज्याङ स्वास्थ्य चौकिका अ हे व याम प्र पाण्डेले डेङ्गु रोगकाबारेमा सहजीकरण गर्नुभएको थियो । वडा न ५ को सभाहलमा भएको कार्यक्रम वडा अध्यक्ष ढाकाराम पंगेनीको सभापतित्वमा र संचालन कम्प्युटर अपरेटर प्रतिमा सिग्देल र स्वागत वडा सदस्य अनिता नेपालिले गर्नु भएको थियो

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


