वालिङ ५ जगत भञ्ज्याङमा डेङ्गु सम्बन्धी एकदिने सचेतना कार्यक्रम ।
तिलक गुरुङ/जगतभन्ज्याङ :
वालिङ नगरपालिका वडा नम्वर ५ जगत भञ्ज्याङमा डेङ्गु सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा जगत भञ्ज्याङ स्वास्थ्य चौकिको सहजीकरणमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरु तथा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक,टोल बिकास सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डेङ्गु नियन्त्रणका लागि आ आफ्नो क्षेत्रबाट पहल गर्न स्वास्थ्य चौकी प्रमुख इन्द्र प्रसाद भट्टराइले सबैलाइ आग्रह गर्नुभयो ।

वडा अध्यक्ष ढाकाराम पंगेनीले डेङ्गुलाई महामारीका रुपमा फैलन नदिन समयमै सचेतनामूलक कार्यक्रमहरु टोल् टोलमा सञ्चालन गर्नु पर्ने र सरसफाईका कार्यक्रमहरु जति सक्दो चाडो शुरु गर्नु पर्नेमा जोड दिनु भयो ।
जगत भञ्ज्याङ स्वास्थ्य चौकिका अ हे व याम प्र पाण्डेले डेङ्गु रोगकाबारेमा सहजीकरण गर्नुभएको थियो । वडा न ५ को सभाहलमा भएको कार्यक्रम वडा अध्यक्ष ढाकाराम पंगेनीको सभापतित्वमा र संचालन कम्प्युटर अपरेटर प्रतिमा सिग्देल र स्वागत वडा सदस्य अनिता नेपालिले गर्नु भएको थियो

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


